म्याग्दी : तल्लो पट्टी घना जंगल। माथितिर ऐतिहासिक खड्गभवानी कोत। दुवैतिरबाट मोटरबाटोले फन्को मारेको घुम्ती नजिकै कन्थराजको थानको डाँडोमा विशाल समीको रुख र एउटा चौतारी छ। ठूलाठूला ढुंगाका छपनी विछ्याइएको त्यो चौतारीलाई स्थानीयले विचारी चौतारी भन्छन्। म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको कन्थराजथानमा अवस्थित यो चौतारी विसं १७७८ सालमा जहरसिंह घिमिरेले निर्माण गरेको स्थानीय रामकृष्ण घिमिरेले जानकारी दिए। अरू चौतारीमा वरपिपल हुने गरे पनि यो चौतारीमा समी लगाइएको छ। समीको यो रुख