काठमाडौँ । आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ । साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन् । […]