काठमाण्डाै - आज विश्व हात धुने दिवस । हाम्रो भविष्य हाम्रै हातमा छ अगाडि बढौँ भन्ने नाराका साथ मनाइँदैछ । दिवसका अवसरमा नेपालमा पनि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले सरसफाइ तथा स्वच्छता सम्बन्धी चेतनामूलक कार्यक्रम गर्दै आएका छन् ।
हातको स्वच्छताले सम्पूर्ण शरीर नै स्वच्छ र स्वस्थ बनाउने भन्दै सन् २००८ देखि प्रत्येक अक्टोबर १५ मा यो दिवस मनाइन्छ । नियमित रुपमा साबुनपानीले हात धोए भाइरस तथा ब्याक्टेरियाको फैलावट न्यूनीकरण गर्न सकिने डाक्टरहरु बताउँछन् ।
कोरोना भाइरसको महामारीको अहिलेको अवस्थामा साबुनपानीले...