राप्रपा केन्द्रीय सदस्य युवती कार्कीले पार्टी छाडेकी छन् । उनले मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई राजीनामा बुझाएकी हुन् । भक्तपुरमा क्रियाशील कार्कीले साधारण सदस्यदेखि केन्द्रीय सदस्यसमेत नरहने गरी राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।