देउखुरी : विसं २०७६ वैशाख ३० गते गढवाकी एक बालिकासँग विवाह गरेको अभियोगमा जिल्ला अदालतमा बालविवाह मुद्दा दर्ता भयो। अदालतले छानबिन प्रक्रिया अघि बढाए पनि प्रमाण कमजोर भएको र माग दाबी नपुग्ने आदेश जारी गर्यो। विसं २०७९ फागुन १४ गते घोराहीकी एक बालिकाको बालविवाह गराएको अभियोगमा ६ जनाविरुद्ध मुद्दा दायर गरिएको भए पनि अदालतले विविध कारण जनाउँदै धरौटीमा छाड्न आदेश दियो। गत वर्ष चैतमा बङ्गलाचुलीकी एक बालिकाको विवाह गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला अदालतसम्म मुद्दा पुग्