साउनको अन्तिम सोमबार शिव मन्दिरमा व्रत समापन, पशुपतिमा भजनकीर्तनदेखि नाचगानसम्म :: Pahilopost.com

काठमाडौं: आज साउनको अन्तिम सोमबार। बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरिका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने गरेको छ। पशुपतिनाथ मन्दिरमा पनि भीड लागेको छ। बिहान ३ बजेबाट खुला पशुपतिनाथ मन्दिरमा