कोरोना बिर्सिएर शिवालयहरुमा भक्तजनको भीड (फोटो फिचर)

साउनको अन्तिम सोमबार रातो, पहेंलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाहरुकाे बिहानदेखि डोलेश्वर मन्दिरमा घुइँचो लागेकाे थियो । साउने समबारको ब्रत समापनको दिन भएकोले मन्दिरको वरिपरि कोरोना महामारी विर्सेर नै भीडभाड थियो । प्रहरीहरुले मन्दिरका प्रमुख द्वारबाट सुरक्षाका साथ प्रवेश गराएपनि वरिपरि दानदक्षिना गर्नेको भीड थियो । पौराणिक मान्यताअनुसार साउन महिना भगवान् शिवको महिनाका रुपमा लिइने तथा पार्वतीले महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको हुनाले महिलाहरुले यसलाई बढी महत्वको रुपमा लिने गर्छन् । ‘साउन महिना धार्मिक, प्राकृतिक र साँस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस अवधिलाई विशेष रुपमा लिइन्छ’ ज्योतिष विकासकृष्ण दाहाल भन्नुभयो, ‘शिवजीसँग जोडिएको महिना भएकाले महिलाहरुको लागि यो महिना बढी महत्वपूर्ण मानिन्छ ।’ पशुपतिनाथ, सिफलको भण्डारेश्वर, पाटनको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर, साँगाको बडामहादेव लगायत उपत्यकाका प्रमुख शिवालयमा एकाबिहानैदेखि भक्तजनको उपस्थिति रहेको थियो । पुराण अनुसार महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले छिट्टै प्रशन्न हुने धार्मिक विश्वासले भक्तजनको भीड लाग्ने गरेको ज्योतिष दाहालले प्रष्ट पार्नुभयो ।

सम्बन्धित सामग्री

मत्स्यनारायणमा भक्तजनको भीड

करिब तीन वर्षको अन्तरमा पर्ने पुरुषोत्तममासमा मात्र मेला लाग्ने मत्स्यनारायण मन्दिर क्षेत्रमा भक्तजनको भीड बढ्न थालेको छ। चन्द्रागिरि नगरपालिका–९ मा पर्ने मन्दिरमा हाल दैनिक हजारौँ भक्तजनको भीड लाग्ने गरेको छ। मत्स्यनारायण कीर्तिपुर र सतुङ्गल दुवै स्थान...

तलेजु भवानी मन्दिरमा भक्तजनको भीड

काठमाडौँ – प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने सो मन्दिरमा हजारौँ भक्तजनको भीड लागेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले जानकारी दिए । आजमात्र खुल्ने मन्दिर भएकाले लाम […]

शिवालयमा भक्तजनको भीड

काठमाडौँ,३० साउन । सौरमास अनुसार साउन महिनाको अन्तिम सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । यस वर्ष साउन महिनामा पाँच सोमबार परेकामा आज अन्तिम सोमबार बिहान ३ः१५ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई […]

पशुपतिमा भक्तजनको भीड (फोटोफिचर)

आज साउन महिनाको अन्तिम सोमबार पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।...

देवघाटमा भक्तजनको भीड

साउनको दोस्रो सोमबार बोलबम मेलाका लागि तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाट धाममा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड बढेको हो । साउनको पहिलो सोमबार २० हजार भक्तजनले देवघाटमा मेला भरेका थिए । देवघाट क्षेत्र विकास समितिका अनुसार तनहुँ, चितवन, नवलपुरका अतिरिक्त आसपासका जिल्लाबाट पनि उल्लेख्य मात्रामा भक्तजन देवघाट आइपुगेका छन् । साउनमा पाँच सोमबार परेकाले भक्तजनको उल्लेख्य उपस्थिति रहने अनुमान गरिएको छ । क

चैते अष्टमीः अम्बिकेश्वरी मन्दिरमा भक्तजनको भीड

दाङ, २६ चैत । चैते अष्टमीका अवसरमा शनिबार घोराही– १८ स्थित अम्बिकेश्वरी मन्दिरमा पूजा गर्न भक्तजनको भीड । तस्बिरः रञ्जिता अधिकारी÷रासस

नारायण मन्दिरमा भक्तजनको भीड (फोटो फिचर)

काठमाडौं : कात्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थान हित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ।आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन क्षीरसागरमा सुतेकाभगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ। आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लागेको हो।उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको छ। यी नार

उपत्यकाका शक्तिपीठमा भक्तजनको भीड (फोटो फिचर)

काठमाडौं : नवरात्र शुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ। गत वर्ष दुर्गापूजाका वेला कोरोनाको जोखिम बढेकाले भक्तजनलाई दर्शन गर्न असहज थियो। यो वर्ष कोरोनाको जोखिम कम हुँदै गएकाले शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको हो। उपत्यकाका कालिकास्थान, भद्रकाली, शोभा भगवती, बिजेश्वरी, रक्तकाली, श्वेतकाली, कङ्केश्वरी, इन्द्रायणी, चामुण्डादेवी, सुन्दरीमाई, बज्रयोगिनी, बज्रवाराही लगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ। नवरात्रको पहिलो दिनदेखि नै शक्तिपीठमा भक्तजन

नरैनापुरको सन्तानेश्वरमा भक्तजनको भीड

नेपालगञ्ज – नरैनापुरको सन्तानेश्वर मन्दिरमा भक्तजनको भीड लागेको छ। भर्खर–भर्खर चर्चामा आएको सन्तानेश्वरमा शनिबार ठूलो संख्यामा भक्तजन पुगेका हुन्। नेपालगञ्ज, कोहलपुर, विनौनालगायत ठाउँबाट मन्दिरमा पुगेका भक्तजनलाई गाउँपालिकाका प्रमुख मो इस्तियाक अहमद शाह र प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले स्वागत गरेका थिए। पर्यटनको राम्रो सम्भावना बोकेको सन्तानेश्वर मन्दिरमा जाने बाटो बनिसकेको छैन। अप्ठेरो बाटो भए पनि […]