एलिजावेथको निधनसँगै बेलायती राजतन्त्रको अधीनबाट मुक्त हुने माग बलियो बन्दै

२७ भदौ, काठमाडौं । एलिजावेथ द्वितीयको निधनले बेलायत अझै शोकमै छ । तर यही बेला बेलायती राजतन्त्रको अधीनमा रहेका कतिपय देशहरुले भने त्यो अधीनबाट छुट्टी लिन खोजेका छन् । टाइम म्यागजिनका अनुसार क्यानडा, न्युजिल्यान्ड, अष्ट्रेलिया, बेलिज, जमाइका, टुभालु, पपुवा न्युगिनी, सोलोमन आइल्यान्डमा बेलायती राजतन्त्रबाट मुक्त हुनुपर्ने माग उठिरहेको हो । नयाँ राजा चार्ल्स तृतीयको आगमनले […]

सम्बन्धित सामग्री

ब्रिटिस गोर्खाका पेन्सन र क्षतिपूर्तिलगायत विषयमा बेलायती सरकारसँग माग

अध्यक्ष तिमिल्सिनाले बेलायती सेनामा कार्यरत ब्रिटिश गोर्खाहरू नेपाल र बेलायतको सम्बन्धको एक महत्वपूर्ण कडी रहेका बताउँदै ब्रिटिस गोर्खाका पेन्सन र क्षतिपूर्तिलगायत विषयमा बेलायती सरकारसँग केही माग रहेको स्मरण गरे।...

बेलायती सांसदद्वारा चिनियाँ सीसीटीभी निर्माता कम्पनीलाई कालोसूचीमा राख्न माग

काठमाडौँ- बेलायती सांसदहरुले चिनियाँ सीसीटीभी निर्माता कम्पनी हाइकभिजनलाई कालोसूचीमा राख्न माग गरेका छन् । मानवअधिकार उल्लङ्घनका घटनामा यस कम्पनीको नाम जोडिएसँगै बेलायती सांसदहरुले कालोसूचीमा राख्न माग गरेका हुन् । एसियन लाइट इन्टरनेशनल समाचार संस्थाका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको आशिंक नियन्त्रणमा रहेको विश्वास गरिने यस कम्पनीलाई कालोसूचीमा राख्न बिग ब्रदर वाच नामक गैर सरकारी संस्थाले आह्वान […]

बेलायती प्रधानमन्त्रीको राजीनामा माग

लन्डन । बेलायती गृहमन्त्री प्रिती पटेल र कन्जरभेटिभ पार्टीका अन्य सांसद्हरूले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको राजीनामा माग गरेका छन् । गृहमन्त्री प्रिती पटेलले जोन्सनलाई कन्जरभेटिभ पार्टीको सामान्य धारणा भनेको नै उहाँको बहिर्गमन हो, भनेको सीएनएनले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ । त्यसैगरी बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविद र एक्सचेकरका चान्सलर ऋषि सुनक जस्ता प्रमुख […]

बेलायती बजारमा नेपाली वस्तुको सुविधायुक्त प्रवेशको माग

निजी क्षेत्रका छाता सङ्गठनले नेपाली वस्तुको निर्यात अभिवृद्धि, बेलायती लगानी बढाउने तथा विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतिपछि बेलायती बजारमा नेपाली वस्तुको सुविधायुक्त प्रवेशको वातावरण सिर्जना गर्न बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसँग आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले आज राजदूत आचार्यसँग छुट्टाछुट्टै छलफल गरी नेपालको पूर्वाधार क्षेत्रमा लगानीको ठूलो आवश्यकता …

बेलायती भिसा काठमाडौंबाटै जारी गर्न माग

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भिसा समस्याका कारण नेपाल–बेलायत आर्थिक सम्बन्ध विस्तार हुन नसकेको उल्लेख गर्दै सहज र सुलभ बनाउन आग्रह गरेका छन् । बेलायतले नेपाली व्यवसायीलाई सहज र सरल रूपमा भिसा उपलब्ध गराए द्विपक्षीय व्यापारमा गुणात्मक वृद्धि हुने उनको भनाइ छ ।महासंघले काठमाडौंस्थित बेलायती दूतावासको अन्तर्राष्ट्रिय व्यापार विभाग र भिसा तथा […]

बेलायती रक्षामन्त्री र भूपू ब्रिटिस गोर्खा संगठनबीच लण्डनमा छलफल

भूपू ब्रिटिस गोर्खा सैनिकको माग सम्बोधनका लागि बेलायती रक्षामन्त्री बेन वालेस र ब्रिटिस गोर्खा संगठनहरूबीच छलफल भएको छ ।

आमरण अनसनरत बेलायती गोर्खा भूतपूर्व सैनिकहरूको जीवन रक्षाको पहल गर्न माग

काठमाडौं । नेपालका विभिन्न आदिवासी जनजाति संगठनले बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनसन बस्दै आएका बेलायती गोर्खा भूतपूर्व सैनिकहरुको जीवन रक्षाका लागि पहल गर्न नेपाल र बेलायत सरकारसमक्ष माग गरेका छन् ।मंगलबार विभिन्न १२ आदिवासी जनजाति संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै बेलायती गोर्खा भूतपूर्व सैनिकहरुले शान्तिपूर्ण आन्दोलन थालेको दुई हप्ता बितिसक्दा पनि बेलायत सरकार मौन रहनु र नेपाल सरकारले समेत कुनै प्रकारको पहलकदमी नगरेकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।गोर्खा संयुक्

गोर्खाहरूको आमरण अनशनमा बेलायती विपक्षी दलको समर्थन

गत शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास नजिक आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका भूपू गोर्खाहरूको आन्दोलनप्रति यहाँको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ।

बेलायती प्रधानमन्त्री कार्यालय अगाडि गोर्खाको अनशन

बेलायती सरह समान पेन्सन लगायतका सुविधाहरुको माग गर्दै दशक अघिदेखि आन्दोलनरत गोर्खा पूर्व सैनिकहरुले नयाँ चरणको आन्दोलन सुरु गरेका छन् । बुधबार दिउँसोदेखि लण्डनस्थित प्रधानमन्त्रीको कार्यालय अगाडि रिले अनशन सुरु गरेका छन् । आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले अनरिले अनसन ग सुरु गरेको हो । संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर …