जोर्डनमा आफ्ना तीन सैनिक मारिएपछि जवाफी कारबाहीका लागि विलम्ब गरेको अमेरिकाले इरान समर्थित सशस्त्र समुहविरुद् श्रृंखलावद्ध हमलाका लागि स्वीकृति दिएको छ । सिरिया र इराकमा रहेका इरान समर्थित सशस्त्र समुहविरुद्ध श्रृंखलावद्ध हमला गर्न स्वीकृति दिइएको बीबीसीले उल्लेख गरेको छ । कहिलेबाट हमला हुने भन्नेकुरा मौसमी अवस्थितिको निर्क्यौलपछि निर्धारण हुने बीबीसीले जनाएको छ । अमेरिकी सैन्य […]
सन् १९८० देखि इराक–इरान युद्ध चलिरहेको थियो । यसमा हजारौँ मानिस मारिएका थिए । तर १६ मार्च १९८८ मा जे भयो, त्यो इतिहासकै सबैभन्दा क्रूर घटना बन्यो । बिहान करिब ११ बजे इराकी सेनाले इरानसँग सीमा जोडिएको सहर हेलबजामा रासायनिक हमला गरेको थियो । सेनाले मस्टर्ड ग्यास हावामा मिसाएको थियो ।यसले ५ हजारभन्दा बढीको ज्यान गयो । जबकि १० हजार मानिस जीवनभरका लागि कुनै न कुनै रोगको सिकार भए । रसायनको प्रभाव यति घातक थियो कि असर अर्को पुस्तामा देखियो ।हलेबजा सहर इराक–इरानको सीमामा पर
३ माघ, काठमाडौं । यमनको सशस्त्र संगठन हुथीले संयुक्त अरब इमिरेट्समा आक्रमण गरेको बताएको छ । इरान समर्थित हुथीले संयुक्त अरब इमिरेट्स (यूएई) मा आक्रमण गरेको अल अरेबियाले जनाएको छ । राजधानी अबुधाबीको प्रहरीले समेत २ स्थानमा आगलागी भएको जनाएको छ । सोमबार बिहान ३ वटा तेल ट्याङ्करमा विस्फोट भएको र निर्माणाधीन नयाँ विमानस्थलमा आगो […]
काठमाण्डौ – पानामाको झण्डा भएको एक पानीजहाजलाई ओमानको खाडीबाट हाइज्याक गरेर इरान लगिँदै छ । बन्दुकधारीको एक समूहले जहाजलाई हाइज्याक गरेर इरानतिर लिइरहेको लोइड मेरिटाइम इन्टेलिजेन्सको भनाइलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बिटुमेन ट्याङ्कर एमभी अस्फाल्ट प्रिन्सेस् नाम गरेको जहाज स्टेट अफ हर्मुजतर्फ अगाडि बढीरहेको जनाइएको छ ।
जहाजलाई कसले हाइज्याक गरेको भन्नेबारे प्रष्ट नभए पनि यसमा इरानको हात रहेको आशंका गरिएको छ ।
एक हप्ताअघि मात्रै इजरायली तेल ट्याङ्करमा ड्रोन हमला भएको थियो जसमा बेलायती र रोमनियन दुई जना...
पानामाको एक जहाजलाई बन्दुकधारीहरुले गल्फ अफ यूएईबाट हाइज्याक गरेर इरान लान थालिएको लोयड्स मेरिटाइम इन्टेलिजेन्सले पुष्टि गरेको छ । ट्याङ्कर जहाज एमभी अस्फाल्ट प्रिन्सेस यतिबेला स्ट्रेट अफ हर्मुजतर्फ अघि बढिरहेको उसको भनाइ छ ।हाइज्याक गरिएको जहाज कसको नियन्त्रणमा छ भन्ने यकिन नभए पनि यसमा इरानको हात रहेको आशङ्का गरिएको छ । तर, इरानका रिभोलुसनरी गार्डले भने सबै आरोपलाई खारेज गरेको छ ।एक हप्ताअघि मात्र इजरायली तेल ट्याङ्करमाथि ओमन नजिकै ड्रोन हमला भएको थियो । सो घटनामा दुई जना सुरक्षा गा
वासिङ्टन, (एजेन्सी) । संयुक्त राज्य अमेरिकाले इराक–सिरिया सीमा क्षेत्रमा इरान सर्मिथत लडाकु समूहहरूमाथि लक्षित गरी हवाई हमला गरेको छ । आइतबार गरिएको सो सुरक्षा कारबाही तिनीहरूको हातहतियार भण्डार गृहहरूमाथि केन्द्रित रहेको थियो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार अमेरिकी फौजमाथि गरिएका ड्रोन आक्रमणको बदलामा सो कदम चालिएको हो । साथै, पेन्टागनले अमेरिकी राष्ट्रपति जो बाइडेनले […]
एजेन्सी। अमेरिकाले इराक र सिरियामा इरान समर्थित विद्रोही समूहलाई लक्षित गरेर हवाई हमला गरेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले राष्ट्रपति जो बाइडेनको आदेशपछि हमला गरिएको जनाएको छ। विद्रोही समूहले अमेरिकी सुरक्षा बलमाथि ड्रोन हमला गरेपछि जवाफी कारवाही स्वरुप हवाई हमला गरिएको पेन्टागनको दाबी छ। सो हमलामा कम्तीमा पनि चार जना मारिएको इराक बोर्डस् गार्डले जनाएको छ।
इराक र सिरियामा अमेरिकाले हवाई आक्रमण गरेको छ। त्यहाँ रहेका इरान समर्थित लडाकू समूहहरुलाई लक्षित गर्दै अमेरिकाले 'एयर स्ट्राइक' गरेको बीबीसीले उल्लेख गरेको छ।
अमेरिकी सेनामाथि लडाकू समूहले ड्रोन आक्रमण गरेपछि अमेरिकाले जवाफी हमला गरेको पेन्टागनबाट जारी विज्ञप्तीमा भनिएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी नागरिकहरुको सुरक्षाका लागि कुनैपनि कदम…
एजेन्सी। अमेरिकी सैनिकको उपस्थिति रहेको क्षेत्रमा शनिबार ड्रोन हमला भएको छ। यसबाट कुनै ठूलो नोक्सान नभएको, तर हमलाबारे गम्भीर जाँचबुझ थालिएको अमेरिकी गठबन्धन सेनाका प्रवक्ता कर्नेल वेयने मारोट्टोले बताएका छन्।इराकी सेनाले पनि आफ्नोतर्फ कुनै हानी नभएको बताएको छ। घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन। अमेरिकाले भने यसअघिका यस्तै हमलामा इरान समर्थित मिलिसियालाई जिम्मेवार ठहर्याउँदै आएको छ।
काठमाण्डाै – अमेरिकी सेनाले सिरियामा इरान समर्थित विद्रोही समूहहरूमा हवाई आक्रमण गरेको छ । अमेरिकी रक्षा एजेन्सी पेन्टागनले यसबारे जानकारी दिएको बीबीसीको खबरमा उल्लेख छ ।
आक्रमणले इरान समर्थित गुटहरुको धेरै अड्डाहरुलाई ध्वस्त पारेको छ । बाइडेन प्रशासनले सैन्य कारबाहीको लागि निर्देशन दिएको यो पहिलो पटक हो । पेन्टागनले इराकमा अमेरिकी गठबन्धन सेनाको आक्रमणको जवाफ स्वरुप अमेरिकी सेनाले हमला गरेको बताएको छ । यो महिना एक अमेरिकी ठेकेदार रकेट हमलामा मारिएका थिए ।
फेब्रुअरी १५ मा, इरबिलमा एक सैनिक क्याम्पम...