इराकमा रहेको अमेरिकी सैनिक क्याम्पमा ड्रोन हमला

एजेन्सी। अमेरिकी सैनिकको उपस्थिति रहेको क्षेत्रमा शनिबार ड्रोन हमला भएको छ। यसबाट कुनै ठूलो नोक्सान नभएको, तर हमलाबारे गम्भीर जाँचबुझ थालिएको अमेरिकी गठबन्धन सेनाका प्रवक्ता कर्नेल वेयने मारोट्टोले बताएका छन्।इराकी सेनाले पनि आफ्नोतर्फ कुनै हानी नभएको बताएको छ। घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन। अमेरिकाले भने यसअघिका यस्तै हमलामा इरान समर्थित मिलिसियालाई जिम्मेवार ठहर्याउँदै आएको छ।

सम्बन्धित सामग्री

ड्रोन हमलामा अमेरिकाले गल्ती स्वीकारेपनि न्यायको माग

एजेन्सी, ३ असोज । अमेरिकाले काबुलमा आतंकवादी लक्षित ड्रोन हमला आतंकवादी लक्षित भएपनि सर्वसाधारण मारिएको स्वीकारेपनि पीडित परिवारले दोषीमाथि कारबाही र क्षतिपूर्ति मागेको छ । विश्वकै ध्यानाकर्षण भएको यो घटना अमेरिकी सैनिक अफगानिस्तानबाट फर्कने अन्तिम क्षणतिर भएको थियो । घटनामा ७ बालबालिकासहित १० जना मारिएका थिए । उनीहरु एकै परिवारका थिए । कारमा रहेकाहरुमाथिको शव […]

आईएसआईएसलाई ठेगान लगाउने भन्दै अफगानिस्तानमा अमेरिकाको हवाइ हमला

अमेरिकाले अफगानिस्तानमा आईएसआईएसलाई ठेगान लगाइदिने भन्दै हवाइ (ड्रोन) हमला गरेको छ । मिडिया रिपोर्टका अनुसार काबुल एयरपोर्टमा भएको विस्फोटका मास्टरमाइन्ड ड्रोन हमलामा मारिएका छन् । यसको स्वतन्त्र पुष्टि भने हुन बाँकी रहेको छ । शुक्रबार काबुल एयरपोर्टमा भएको हमलापछि अमेरिकाले बदला लिने चेतावनी दिएको थियो । काबुल बम विस्फोटको जिम्मेवारी आईएसआईएसको खुरासान समूहले लिएको थियो । सो बिस्फोटमा १७० जनाको मृत्यु भइसकेको छ । जसमा १३ अमेरिकी सैनिक समेत रहेका छन् । यस्तै दुई ब्रिटिश नागरिकको पनि मृत्यु भएको छ भने १२ सय बढी म...

अफगानिस्तानमा इस्लामिक स्टेटका ‘योजनाकार’ ड्रोन हमलामा मारिएको अमेरिकाको दाबी

अमेरिकाले पूर्वी अफगानिस्तानमा इस्लामिक स्टेटका एक ‘योजनाकार’ विरुद्ध ड्रोन हमला गरेको जनाएको छ । राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बम आक्रमणमा १७७ जना मानिस र १३ अमेरिकी सैनिक मारिएको दोस्रो दिन सो हमला गरिएको अमेरिकाको भनाइ छ । बिहीबार भएको हमलाको जिम्मा खोरसान प्रान्तको इस्लामिक स्टेट आईएसआईएस–केले जिम्मा लिएको थियो । ‘हामीले लक्ष्यलाई मारेको प्रारम्भिक सङ्केत प्राप्त गरेका छौँ । हमला सर्वसाधारणलाई कुनै क्षति भएको छैन,’ शुक्रबार एक वि