नबिलले दियो सुरक्षित कार्यस्थलका लागि हिंसा तथा उत्पीडन विरुद्धको सुरक्षा तालिम

काठमाडौं । नबिल बैंकले आफ्ना कर्मचारीका लागि कार्यस्थल हिंसा तथा उत्पीडन विषयक कार्यशाला सम्पन्न गरेको छ । अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा गरिएको कार्यशालाको उद्देश्य कार्यस्थलमा हुन सक्ने हिंसा तथा त्यसप्रति सचेतना भएको बैंकले जनाएको छ ।  ७० जना कर्मचारीहरूका लागि 'फाइट–ब्याक' संस्थाको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको थियो । उपत्यका भित्रका शाखाहरूका लागि स्थलगत र बाहिरका सबै प्रदेशका शाखाहरू अनलाइन मार्फत सहभागी रहेको यस कार्यक्रममा बैंकका महिला तथा पुरुष कर्मचारीहरूको सहभागीता रहेको थियो ।  कार्यक्रमबाट कर्मचारीहरूले कार्यस्थल हिंसा तथा उत्पीडन भनेको के हो ? कार्यालयमा यस किसिमका गतिविधिहरू कुन तरीकाबाट हुन सक्छन् ? यस्ता गतिविधिहरू हुन नदिन कसरी सजग सहनुपर्छ ? र यदि यस्ता गतिविधिहरू कार्यस्थलमा भइहाले आत्मरक्षा कसरी गर्न सकिन्छ ? भन्ने विषयमा विस्तृत रूपमा व्यवहारिक तथा प्रयोगात्मक तरीका प्रदर्शन गरी जानकारी दिइएको थियो ।  नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले आफ्ना कर्मचारीहरूको मनोबल वृद्धि गर्न र समाजमा घट्न सक्ने गतिविधिहरूको सामना गर्न यस प्रकारको जानकारी मूलक कार्यक्रम उपयोगी रहेको बताए । नबिल बैंकले आफ्ना कर्मचारीहरूको मनोबल बढाउन यस्ता कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तरता दिने उनले बताए । कार्यक्रममा नेपालको कानूनी व्यवस्था, हिंसा हुँदा प्रतिकार र आत्मरक्षा गर्ने तरिका तथा आफूसँग भएको सरसामानलाई औजारको रूपमा कसरी प्रयोग गर्ने भन्ने जानकारी उपयोगी भएको एक सहभागी रिया बस्नेतले बताइन् ।  ‘मैले यो कक्षामा आत्मरक्षा सम्बन्धी तरिका मात्र सिक्छु सोचेको थिए तर मैले धेरै उपयोगी सीपहरू सिक्न पाएँ । जस्तै कसरी यौन हिंसा अथवा कुनै दुर्व्यवहार हुँदा प्रस्तुत हुने, कसरी आफूलाई सुरक्षित राख्ने, आफ्नो आवाजलाई कसरी औजार बनाउने जस्ता धेरै कुरा सिक्न पाएँ । जसले मेरो आत्मबल बढेको छ’  उनले भनिन् । आफ्नो कार्यालय स्थल तथा हाम्रो समाजमा दैनिक जीवनमा घट्न सक्ने हिंसालाई ध्यानमा राखेर नारी दिवसको दिनमा बैंकका कर्मचारीहरूलाई यो एक दिने तालिम संचालन गरेको नबिल बैंकका मानव संसाधन प्रमुख दिवस कार्कीले बताए । कार्यक्रम सोचेको भन्दा उपयोगी भएको प्रतिक्रिया सहभागीहरूबाट आएकोले आगामी दिनमा यस्ता कार्यक्रम गर्न हौसला मिलेको उनको भनाइ छ । कर्मचारीहरूको सुरक्षा पहिलो प्राथमिकता भएको बताउँदै उनले यस्ता कार्यक्रमले सहभागीहरूमा हिंसाका घटनाहरू घट्न नदिन कस्तो किसिमको सतर्कताहरू अपनाउने र कथमकदाचित आफूमा यस्ता गतिविधिहरू हुन गएमा आत्मरक्षाको लागि कस्ता विधिहरू अपनाउनु पर्छ भन्ने ज्ञानले सहभागीहरूमा आत्मबल बढेको बताए ।

सम्बन्धित सामग्री

लैङ्गिक र महिला हिंसा एकै हो ? (भिडियो)

लैङ्गिक हिंसा जुनसुकै लिङ्ग वा व्यक्तिसँग हुन सक्छ । लिङ्गकै आधारमा शारीरिक, मानसिक, यौनिक पीडा दिनु नै लैङ्गिक हिंसा हो । हिंसामा बढी महिला पर्ने भएकाले लैङ्गिक हिंसा भनेकै महिला हिंसा हो भन्ने धेरैको बुझाइ हुन्छ ।

घरेलु हिंसा : कसरी हुन्छ, के छ सजाय ?

घरभित्र घरेलु सम्बन्धमा भएका व्यक्तिले गरेको हिंसालाई घरेलु हिंसा भनिन्छ । घरेलु हिंसा घरभित्रै हुने भए पनि भोग्ने व्यक्तिले घरेलु हिंसा हो भनेर थाहा नपाउन सक्छ । घरेलु हिंसाभित्र एकै परिवारमा बसेका कुनै पनि व्यक्तिलाई दिइएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना पर्दछ । जसमा संयुक्त परिवारको सदस्य, वंशज, विवाह वा धर्मपुत्र वा धर्मपुत्री, आश्रित […]

मैले देखेको पुरुष हिंसा

हाम्रो समाजमा पुरुषमाथि हुने हिंसाका घटना एकाधबाहेक सतहमा आउँदै आउँदैनन् । हाम्रो समाज खालि पुरुषको मात्र गल्ती देख्छ । महिला हिंसा भए त्यसविरुद्ध आवाज उठाउने थुप्रै संघसंस्था छन्, कानुन पनि महिलामैत्री छ, तर पुरुषमाथि हिंसा भए त्यसविरुद्ध आवाज उठाउने कुनै संघसस्था छन् त ?

आर्थिक हिंसा बढ्दो, के हो आर्थिक हिंसा ?

काठमाडौँ– चिकित्सक श्रीमान तथा सासुससुराले घरेलु हिंसा गरेको भन्दै २७ वर्षे एक महिलाले महिला आयोगमा उजुरी दिए। एमबिबिएस सकेर विवाह गरेकी उनको विवाहपछि एमडी पढ्ने योजना थियो । तर जब घरमा हिंसा बढ्दै गयो, उनको योजना पनि असफल हुँदै गयो । उनले पढन् पाइनन् । कारण थियो, घरेलु हिंसा । विवाह भएको केही दिनदेखि नै […]

बढ्दैछ आर्थिक हिंसा

काठमाडौँ, २ मङ्सिर । चिकित्सक श्रीमान तथा सासुससुराले घरेलु हिंसा गरेको भन्दै २७ वर्षे एक महिलाले महिला आयोगमा उजुरी दिए । एमबिबिएस सकेर विवाह गरेकी उहाँको विवाहपछि एमडी पढ्ने योजना थियो । तर जब घरमा हिंसा बढ्दै गयो,उहाँको योजना पनि असफल हुदै गयो । उहाँले पढन् पाउनुभएन । कारण थियो, घरेलु हिंसा । विवाह भएको […]

घरेलु हिंसा विरुद्धमा जुट्यो पातारासी

जुम्लाको पातारासी गाउँपालिका घरेलु हिंसा विरोधी अभियानमा जुटेको छ । अपाङगता भएका व्यक्ति र महिलामाथि हुने सबै प्रकारका हिंसा रोक्न लागिपरेको हो । पालिका स्तरमा अभिभुखीकरण गर्ने र सचेतीकरणका माध्यमबाट सचेतना फैलाएर हिंसा न्युनिकरणमा जुटेको हो । नेपाल अपाङ्ग महिला सघं जुम्लाको आयोजना तथा पातारासी गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको साझेदारीमा हिंसा विरोधी क्रियाकलाप भइरहेको महिला बालबालिका शाखा प्रमुख भगवती गिरीले जानकारी दिइन् । पालिकामा बन्ने भौतिक सरंचना सबै अपाङ्गता मैत्री बन

महिला हिंसा कहिलेसम्म ?

लैंगिक विभेदका कारणले महिलामाथि हुने हिंसालाई महिला हिंसा हो । महिलामाथि शारीरिक, मानसिक र संवेगात्मक रूपमा क्षति पु¥याउने कुनै पनि कार्य हिंसा हो । सामान्य अर्थमा हिंसा भनेको कुट्नु, पिट्नु वा ज्यान मार्नु मात्रै होइन, बोली–व्यवहारबाट पनि कसैको भावनामाथि चोट पु-याउने कार्य हिंसा हो ।हिंसा कुनै व्यक्ति वा समुदायमार्फत अर्को कुनै व्यक्ति वा समुदायमा हुन […]

‘हिंसा गर्दिन, सहन्न र खुलेर प्रतिवाद गर्छु’

लिङ्गका आधारमा शक्तिशालीबाट कमजोरमाथि गरिने भेदभावपूर्ण व्यवहार नै लैङ्गिक हिंसा हो । लैङ्गिक हिंसा स्थापित असमान शक्ति सम्बन्धबाट उत्पन्न हुन्छ । महिला वा पुरुष भएकै कारण हाम्रो समाजले छुट्टयाई दिएको काम, जिम्मेवारी तथा भूमिकाहरूको आधारमा गरिने भेदभाव वा हिंसालाई लैङ्गिकतामा आधारित हिंसा भनिन्छ । अर्थात् कुनै पनि व्यक्तिलाई लैङ्गिक विभेदकारी सामाजिक मूल्य मान्यताका आधारमा गरिएको हिंसा नै लैङ्गिक हिंसा हो । लैङ्गिक हिंसा महिला, पुरुष वा तेस्रो लिङ्गीमाथि हुने हिंसा मात्र नभएर मानव अधिकारकै हनन ह

महिला हिंसा : समस्या र समाधान

‘घरबाटै शुरू गरौं, महिला हिंसा अन्त्य गरौं’ नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । वर्सेनि मनाइने १६ दिने अभियानले महिला सशक्तीकरण र जागरणको स्तरमा वृद्धि गराउँदै आएको छ । लैंगिक हिंसा विरुद्धको आवाजलाई सशक्त बनाउन यसले सहयोग पुर्‍याउँछ । लैंगिक हिंसामा सबैभन्दा बढी महिला नै पर्ने गरेका छन् । सामाजिक परम्परा […]

लैङ्गिक हिंसा न्यूनीकरणका लागि पुरुषले के गर्न सक्छन् ?

लिङ्गका आधारमा गरिने हिंसा नै लैङ्गिक हिंसा हो । महिला, पुरुष वा अन्य लिङ्गी भएकै कारण हुने हिंसा लैङ्गिक हिंसा हो । लैङ्गिक हिंसा कानूनी अपराध हो । हिंसा व्यक्तिको इच्छा विरुद्धको शारीरिक तथा मानसिक पीडा दिने कार्य हो । लैङ्गिक हिंसाको कुरा गर्दा महिला भएकै कारण महिला उपर बढी नै मात्रामा हिंसा हुने गरेकाले […]