काठमाडाैँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताएकी छन्। सोमबार काठमाडौँमा राष्ट्रिय कविता महोत्सव- २०७९ का विजेता कविहरूलाई पुरस्कार वितरण गर्दै उनले यस्तो बताएकी हुन्। राष्ट्रपति भण्डारीले परापूर्वकालदेखिका ज्ञानग्रन्थ र विज्ञानको महत्त्वलाई उजागर गर्न आवश्यक रहेको बताए। उनले नेपाली समाजका युगौँदेखि रहँदै आएका लोकसाहित्य एवं साहित्यिक कृतिहरूलाई संकलन गरी बाहिर ल्याउनुपर्ने […]