रामेछापकी लक्ष्मी केसीलाई उपचार गराउन वीर अस्पताल पुगेका विनोद केसीले दिनभरिको सवारी पार्किङबापत २७५ रुपियाँ तिर्नुपर्यो । वीर अस्पतालको आकस्मिक कक्षको सामुन्नेको सडकमा मोटरसाइकल पार्किङ गरेबापत सो रुपियाँ मागेपछि सुरुमा त उनी अक्मकिए तर त्यति शुल्क नबुझाएर उम्किनै पाएनन् ।सवारीसाधन लिएर स्वास्थ्य उपचार गराउन वीर अस्पताल पुगेका बिरामी र कुरुवा पार्किङबापत चर्को शुल्क तिर्न बाध्य छन् । पार्किङबापत प्रतिघण्टा २५ रुपियाँ तिर्नुपर्छ । युनिफाइड कोभिड–१९ केन्द्रीय अस्पताल ९वीर०का प्रमुख प्र