शुक्रबार जारी सेयर कारोबार बन्द गर्न लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से)सँग माग गरेका छन् । बिहीबार केही लगानीकर्ताहरूले नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्कीलाई भेटी ज्ञापनपत्र बुझाएका हुन् । ‘केही साथीहरु आएका थिए । शुक्रबारको कारोबार बन्द गर्नुपर्यो भन्ने उहाँहरुको माग थियो । अन्तर्राष्ट्रिय बजारमा सातामा ५ दिन मात्र सेयर कारोबार हुने हुँदा नेपालमा पनि सोही कारोबार दिन कायम गर्नुपर्ने उहाँहरुले माग छ । यस विषयमा नेप्सेले यसअघि देखिनै तयारी गरिरह