काठमाडौं । प्रतिनिधि सभा विघटन बिरुद्ध नेपाली कांग्रेसले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । कांग्रेसले मंगलबार बसेको केन्द्रीय समिति बैठकमार्फत पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रमको समीक्षा गर्दै तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।