चितवन : महिला अधिकार र मजदुर अधिकार सुनिश्चित गर्न नेकपा एमालेलाई दवाब दिन म्याग्दीबाट महिलाको टोली चितवन आइपुगेका छन्। महिला र मजदुरहरुको अधिकार सुनिश्चित गर्न माग गर्दै म्याग्दीबाट मजदुर महिलाहरुको टोली चितवनमा हुन लागेको नेकपा एमालेको दशौँ महाधिवेशन स्थल आइपुगेका हुन्। म्याग्दी अन्य जिल्लाभन्दा पछाडी परेको , महिलाहरुले आफ्नो अधिकार नपाएको र मजदुरहरुको हकहितको लागि राजनितिक दलले कदम नचलेकोले दवाब दिन आफूहरु चितवन आएको म्याग्दीको एमाले निकट मजदुर सङ्घ अध्यक्ष देवी राईले बताइन्।