आईएमईले दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा बुधबार सार्वजनिक गरेको छ । आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित उक्त अफरको विजेता मेखलाल तामाङ बन्न सफल भएका हुन् । मलेसियाबाट आईएमई मार्फत रू. १४ हजार ५० रुपैयाँ पठाएका तामाङले नगद रू. १० लाख उपहार स्वरुप प्राप्त गरे ।बुधबार काठमाडौँ पानीपोखरीस्थित आईएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमबीच आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र आईएमईका ब्राण्