नुवाकोटको तारकेश्वर गाउँपालिकाले २४ घण्टे नि:शुल्क हटलाइन सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले बिहीबारदेखि हटलाइन सेवाको शुभारम्भ गरेको रातोपाटीलाई जानकारी गराए ।दाङसिङस्थित गाउँ कार्यपालिकाको कार्यालयमा स्थापित हटलाइन सेवा केन्द्रको उद्घाटन गर्दै उनले सेवालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने समेत सो क्रममा बताए । २४सै घण्टा हटलाइन सेवा दिन कर्मचारीको व्यवस्था गरिएको बताउँदै अधिकारीले विनाशंकोच आफ्ना गुनासा वा सल्लाह सुझाब टिपाउन र गाउँवासीलाई अनुरोध गरे ।गत साता बसेक