यसअघि नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त हुँदा सबभन्दा पहिले भारतबाट बधाई तथा शुभकामनासहित भारत भ्रमणको निम्तो आउने गर्दथ्यो र नेपालका प्रधानमन्त्रीबाट पनि पहिलो औपचारिक विदेश भ्रमण भारतबाटै हुन्थ्यो । यसपटक प्रधानमन्त्रीलाई पहिलो विदेश भ्रमणको निम्ता भने बंगलादेशबाट प्राप्त भएको छ । शुक्रबार नेपालको प्रधानमन्त्रीमा पाँचौपटक शेरबहादुर देउवा नियुक्त हुनुभएकामा बंगलादेशका प्रधानमन्त्री शेखहसिनाले हार्दिक बधाई ज्ञापन गर्दै …