भूमिगत सिँचाइ प्रणाली उद्घाटन

काठमाडौँ,२२ पुष । पश्चिम चितवनको जगतपुरमा एक सय ६० बिघा जग्गाका लागि भूमिगत सिँचाइ प्रणालीको उद्घाटन गरिएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले निर्माण गरेका चार सिँचाइ प्रणालीको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरेको हो । रु तीन करोड ४७ लाख ३१ हजारको लागतमा निर्माण गरिएका ती सिँचाइ प्रणालीको उद्घाटन गर्दै महानगर […]

सम्बन्धित सामग्री

भूमिगत सिँचाइ बिग्रँदा रोपाइँ गर्न समस्या

सुदूरपश्चिम प्रदेशमा पर्याप्त वर्षा नहुँदा अधिकांश खेत बाँझै रहेका छन् । असार १५ गतेसम्म ८० प्रतिशत रोपाइँ हुने डडेलधुरामा यस वर्ष भने करिब ३५ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख खेमराज पनेरूले खाद्य उत्पादनको भण्डार मानिने भित्रि मधेश जोगबुडाको कटाल गाउँमा निर्माण गरिएको भूमिगत सिँचाइ योजना बिग्रँदा किसानले रोपाइँ गर्न नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्याप्त वर्षा भएकै छैन । पाँच वर्षअघि निर्माण गरिएको भूमिगत सिँचाइ योजना बिग्रँदा किसानले रोपाइँ गर्न पाएका छैनन् ।” भूमिगत सिँचाइको पानी तान्न जमिनभित्र गाडिएको पाइपमा लगाइएको मोटर बिग्रँदा योजना अलपत्र परेको स्थानीयको गुनासो छ ।

यो वर्ष थप १ हजार ६४० हेक्टरमा सिँचाइ सुविधा

१३ जेठ, काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष (आव) को पहिलो ८ महिनामा १ हजार ६४० हेक्टर सिँचाइ सुविधा थप भएको छ । थप भएका सिँचाइको सुविधामा सबैभन्दा धेरै क्षेत्रफलमा भूमिगत सिँचाइ ७ सय हेक्टर  रहेको …

भूमिगत सिँचाइ आयोजनाले फलेवासका किसानलाई राहत

पर्वत, ६ चैत । लामो खडेरीका कारण पर्वतका किसान आक्रान्त भएका छन् । वर्षा नहुँदा उनीहरूले बर्खे बाली लगाउन पाएका छैनन् भने हिउँदे बाली सुक्न थालेकामा चिन्ता व्यक्त गरेका छन् । फलेवासका किसानको अवस्था भने अलि पृथक छ । फलेवास नगरपालिका वडा नं ६ को देवीस्थान र चौबिसकुरियामा निर्माण गरिएका दुईवटा भूमिगत सिँचाइ आयोजनाबाट स्थानीयले […]

पर्याप्त वर्षा नहुँदा बारामा ८० प्रतिशत मात्र रोपाइँ

बारा– समयमै पर्याप्त पानी नपरेकाले बारामा हालसम्म ८० प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको छ ।  बारा कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्रप्रसाद यादवका अनुसार यो वर्ष जिल्लामा वर्षे भदैया, अगहनी गरी कूल ४६ हजार २० हेक्टर जमिनमा धान रोपाइँ गर्ने लक्ष्य लिएकोमा खडेरीले लक्ष्यअनुसार रोपाइँ गर्न नभ्याइएको बताए ।  वर्षा नभएपछि किसानले भूमिगत सिँचाइ, गण्डक नहर, […]

बारामा साउन मसान्तसम्म शतप्रतिशत रोपाइँ हुने

कलैया, १९ साउन । लामो समयदेखि पर्याप्तमात्रामा पानी नपरी खडेरी हुँदा पनि बाराका कृषकले यही साउनमसान्तसम्म वर्षे धान रोपका छन् । बारा कृषि ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्रप्रसाद यादवका अनुसार वर्षे धान भदैया, अग्हनी गरी कूल ४६ हजार २० हेक्टर जमिनमा धान रोपाइँ गर्ने लक्ष्य लिएकामा पर्याप्तमात्रामा पानी नपरेर  खडेरी भए पनि भूमिगत सिँचाइ, गण्डक नहर, दमकल […]

बारामा हालसम्म ८० प्रतिशत रोपाइँ

बारा- लामो समयदेखि पर्याप्त मात्रामा पानी नपरी खडेरी हुँदा पनि बारामा बारामा हालसम्म ८० प्रतिशत रोपाइँ भएको छ । बारा कृषि ज्ञान केन्द्रका प्रमुख जीतेन्द्रप्रसाद यादवका अनुसार वर्षे धान भदैया, अग्हनी गरी कूल ४६ हजार २० हेक्टर जमिनमा धान रोपाइँ गर्ने लक्ष्य लिएकामा पर्याप्त मात्रामा पानी नपरेर खडेरी भए पनि भूमिगत सिँचाइ, गण्डक नहर, दमकल […]

किसानलाई शतप्रतिशत अनुदानमा डिप बोरिङ

झापा — अन्न तथा तरकारी बाली उत्पादनका लागि प्रसिद्ध दक्षिण झापाको हजारौँ बिघा जग्गामा सिँचाइ सुविधा पुर्‍याउन भूमिगत सिँचाइ परियोजना सञ्चालन गरिएको छ । उक्त परियोजनाका लागि नेपाल सरकारले १२ करोड बजेट विनियोजन गरेको छ । नदी सिँचाइ प्रणालीले नछोएका र आकाशे पानीको भरमा खेती गरिरहेका कचनकबल गाउँपालिकाको सातवटै वडा र भद्रपुर नगरपालिकाको १, २ […]

१५ लाख १२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्यो

२०७८ फागुनसम्म १५ लाख १२ हजार ४ सय ३२ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ।अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म संघ अन्तर्गत सञ्चालित कार्यक्रमबाट सतह सिँचाइ २,८९५ हेक्टर तथा भूमिगत सिँचाइ ११० हेक्टर गरी कुल ३,००५ हेक्टर सिञ्चित क्षेत्र थप भएको हो । २०७८ असारसम्म कुल १५ लाख ९ हजार ४ सय २७ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको थियो।जलउत्पन्न प्रकोप नियन्त्रणको लागि आर्थिक वर्ष २०७७/७८ मा ७७ कि.मि. तटबन्ध निर्माण भई ८५३ हेक्टर जग्गा उकास गरिएको थियो भने आर्थिक वर्ष २०७८/७९ को प्रथ

संघीय सरकारविरुद्ध सर्वोच्चद्वारा कारण देखाऊ आदेश

जनकपुरधाम : सर्वोच्च अदालतले प्रदेश २ सरकारद्वारा संघीय सरकार विरुद्ध दायर गरेका विभिन्न मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ।सर्वोच्चको संवैधानिक इजलासमा प्रदेश सरकारले प्रहरी समायोजन, कर्मचारी समायोजन, फौजदारी मुद्दाको क्षेत्राधिकार र भूमिगत सिँचाइ कार्यालय हस्तान्तरण सम्बन्धमा संघीय सरकारविरुद्ध मुद्दा दायर गरेको थियो। यिनै मुद्दामा सर्वोच्चले संघीय सरकारको नाममा कारण देखाऊ आदेश दिएको हो।करिब एक वर्षपछि पालो आएको सुनुवाइमा सर्वोच्चले शुक्रबार संघीय सरकारलाई कारण देखाऊ आदेश जारी गरे

किसानको रोजाइ, भूमिगत सिँचाइ

खेतीपातीका लागि उर्वर रुपन्देहीको सियारी गाउँपालिका–१, सोनारेका प्रायः किसान अहिले आआफ्ना खेतमा ट्युबवेल गाडिरहेका भेटिन्छन् । पानीको परम्परागत स्रोत घट्दै गएपछि उनीहरू सिँचाइका लागि यस्तो गरिरहेका हुन् । प्रशस्त खेतीयोग्य जमिन भएको यो ठाउँमा सिँचाइका लागि पानी अभाव हुन थालेपछि उत्पादन घट्ने चिन्ताले अधिकांश किसान व्यक्तिगत लगानीमै भए पनि स्रोतको व्यवस्थापन गर्न लागेका हुन् । केहीले भने प्रदेश र स्थानीय सरकारको अनुदानमा ट्युबवेल गाडिरहेका छन् ।