भारतले चिनी निर्यातको प्रतिबन्ध एक वर्ष लम्ब्यायो

१३ कात्तिक, काठमाडौं । भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध एक वर्ष लम्ब्याएको छ । भारत सरकारले ३१ अक्टोबर २०२३ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै द इकोनोमिक्स टाइम्सले लेखेको छ । चिनी निर्यातमा रोक लगाउने निर्णयले नेपाल लगायतका मुलुकमा चिनी अभाव हुनेछ । भारत सरकारले जुन १ देखि लागू […]

सम्बन्धित सामग्री

भारतले सन् २०२४ को मध्यसम्म चिनी निर्यात रोक्ने

भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध सन् २०२४ को मध्यसम्म थप गर्ने भएको छ । चालु सिजनमा निर्यातका लागि ६१ लाख टन कोटा निर्धारण गरेकोमा कोटा सकिएपछि अहिले निर्यात रोकिएको छ । यस वर्ष देखिएको एल निनो मौसमी प्रणालीका कारण खडेरी पर्ने सम्भावना रहेकोले चिनी निर्यात खुलाउने अवस्था नरहेको भारतीय अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । भारतले यस वर्ष निर्यात कोटा पनि घटाएर ४० लाख टनमा झार्ने तयारी गरेको छ । भारतले एल निनो मौसमको प्रभावका कारण बितेको सात दशककै खराब खडेरीको सामना गर्नुपर्ने अनुमान गरेको छ । ख...

‘चिनी निर्यातमा प्रतिबन्ध लगाउँदै भारत’

काठमाडौं । नेपालले उपभोगका लागि आवश्यक पर्ने चिनीको ठूलो हिस्सा भारतबाट आयात गर्ने गरेको छ । तर भारत सरकारले अहिले आफूसँग सञ्चित चिनी देशभित्रकै आपूर्तिका लागि चाहिने भन्दै निर्यातमा प्रतिबन्ध लगाउने तयारी थालेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए त्यसको ठूलो असर नेपालमा समेत पर्नेछ । नेपालमा चिनी प्रत्यक्ष उपभोगका अतिरिक्त चकलेट, बिस्कुट, मिठाई, आइसक्रिम, जुस, पेयपदार्थ, बेकरी आइटम लगायतका उद्योगमा बढी खपत हुन्छ । प्रत्यक्ष उपभोग र औद्योगिक प्रयोजनका लागि गरेर नेपाललाई अहिले २ लाख ५० हजार मेट्रिक टन चिनी आवश्यक पर्दछ । देशभित्रका उद्योगबाट १ लाख ३० हजार मेट्रिक टन मात्र उत्पादन हुन्छ । अपुग १ लाख २० हजार मेट्रिक टन चिनी विभिन्न मुलुकबाट आयात हुने गरेको छ, जसको ९० प्रतिशत आयात भारतबाट हुने गरेको छ । नेपाल बिस्कुट उद्योग संघका अध्यक्ष ओमनाथ महर्जन नेपालमा चिनी मागको आधा मात्र उत्पादन हुने भएकाले भारतले निर्यातमा प्रतिबन्ध लगाए ठूलो असर पर्ने बताउँछन् । ‘नेपालमा चिनीको मागभन्दा आपूर्ति कम हुँदा भारतले निर्यातमा प्रतिबन्ध लगाए मूल्य थप बढ्छ,’ उनले भने । उनका अनुसार भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए अहिले नेपाल सरकारले अन्य मुलुकबाट आयातित चिनीमा लगाइरहेको भन्सार शुल्क घटाउनु वा हटाउनुपर्दछ । यस्तो भएमा तेस्रो मुलुकबाट आयात हुने चिनीको मूल्य घट्ने र परिमाण बढेर आपूर्ति सहज हुने उनको भनाइ छ । यसैगरी नेपाल आइसक्रिम उद्योग व्यवसाय संघका उपाध्यक्ष अरनिको राजभण्डारी भारतमा चिनीको आयातमा प्रतिबन्धले कच्चापदार्थको भाउ बढ्ने बताउँछन् । ‘यसले स्वाभाविक रूपमा उत्पादित वस्तुको भाउ पनि बढ्छ,’ उनले भने । प्रतिबन्ध लागेमा चिनीको भाउ कम्तीमा पनि २०/२५ प्रतिशतले बढ्ने उनले बताए । भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाए कूटनीतिक माध्यमबाट भए पनि आयात सुचारु राख्न पहल गर्नुपर्नेमा उनले जोड दिए । कतिपय अन्य वस्तुको हकमा नजिकको सम्बन्धको आधारमा भारतले नेपाललाई विशेष सहुलियत दिएकाले चिनीमा पनि त्यस्तो सम्भावना रहेको समेत उनले बताए । भारतीय सञ्चारमाध्यमका अनुसार भारतसँग अहिले २ करोड ७५ लाख टन चिनी छ, जुन उसको आन्तरिक खपतका लागि आवश्यक पर्छ । चिनी बढी नरहेको अवस्थामा निर्यात गर्दा देशभित्र मूल्यवृद्धि हुने भएकाले भारत सरकारले निर्यात प्रतिबन्धको तयारी गरेको बताइएको छ । भारतमा यही वर्ष विभिन्न राज्यको विधानसभा र सन् २०२४ मा लोकसभा चुनाव हुँदै छ । महँगी बढ्दा यसले निर्वाचनमा क्षति बेहोर्नुपर्ने डर त्यहाँको सत्तारूढ दलको छ ।

गहुँ र चिनीको प्रतिबन्ध हटाउने कुरा भइरहेको छ : राजदूत श्रीवास्तव

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारत सरकारले गहुँ र चिनीमा लगाएको प्रतिबन्ध हटाउने विषयमा केन्द्र सरकारसँग कुराकानी भइरहेको बताएका छन् । शनिबार धरानमा आयोजित उद्योग वाणिज्य संघ सुनसरीको स्वागत कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले गहुँ र चिनी आयातमा भारतले लगाएको प्रतिबन्ध हटाउने विषयमा कुराकानी भइरहेको बताएका हुन् । ‘नेपालसँग आर्थिक र वाणिज्यको सम्बन्ध […]

दशैंअघि भारतबाट चिनी र गहुँ आयात गर्ने तयारी

सरकारले भारतबाट चिनी र गहुँ आयात गर्न व्यवसायीलाई अनुमति दिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयातका लागि व्यवसायीलाई अनुमति दिने तयारी भइरहेको जनाएको छ।दशैं, तिहार छठ जस्ता आसन्न चाडबाडमा चिनी र मैदा, पीठोजस्ता आत्यवश्यकीय वस्तुको अभाव नहोस् भनेर कूटनीतिक संवाद गरी आयात गर्न लागिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालका लागि भने लागू नहुने जनाउँदै आएको छ। तर, व्यवसायीले पहिले जसरी आयात गर्न नपाएको गुनासो गर्द

सरकारले भारतबाट गहुँ र चिनी आयातका लागि गुहार्यो उद्योगी

काठमाडौं : सरकारले भारतबाट गहुँ र चिनी आयात गर्ने चाहने व्यापारीलाई स्वीकृतिका लागि आव्हान गरेको छ। भारतले हालै गहुँको निर्यातमा प्रतिबन्ध लगाएको तथा चिनी निर्यातको लागि विशेष स्वीकृति आवश्यक पर्ने सूचना जारी गरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगीलाई स्वीकृतिका लागि आव्हान गरेको हो। मन्त्रालयले उद्योगी/व्यवसायीलाई आवश्यक कागजात पेश गरी मन्त्रालयको इमेलमा पठाउन पनि अनुरोध गरेको छ।

भारतीय राजदूतको दाबी : गहुँ र चिनी निर्यात प्रतिबन्ध नेपालका लागि होइन

२९ असार,काठमाडौं । भारत सरकारले गहुँ, चिनी लगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने नेपालका लागि भारतीय राजदूतले दाबी गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले राजदूतको स्वागतमाआयोजित भेटवार्तामा राजदूत नवीन श्रीवास्तवले सो प्रतिबन्द नेपालका लागि नभएको बताएका हुन् । कार्यक्रममा अध्यक्ष शेखर गोल्छाले भारत सरकारकातर्फबाट केही अत्यावश्यक वस्तुहरूको निर्यातमा प्रतिबन्ध लगाउने […]

गहुँ र चिनी लगायतको निर्यात प्रतिबन्ध नेपालका लागि होइनः भारतीय राजदूत

भारत सरकारले गहुँ र चिनीलगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने भएको छ । नेपालका लागि नवनियुक्त राजदूत नवीन श्रीवास्तवले नेपाल उद्योग वाणिज्य महासंघसँग कुरा गर्दै भारतले निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि लागू नहुने बताएका हुन् ।नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज कार्यक्रममा बोल्दै यस्तो बताए । राजदूत श्रीवास्तवको भेटमा महासंघका अध्यक्ष शेखर गोल्छाले भारत सरकारकातर्फबाट केही अत्यावश्यक वस्तुहरूको निर्यातमा प्रतिवन्ध लगाउन

आजबाट भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउँदै

भारतले १८ जेठबाट चिनी निर्यातमा रोक लगाउने भएको छ । भारतले चिनी निर्यातमा रोक लगाएसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्ने उद्योग वाणिज्य आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले बताए । नेपालमा...

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

काठमाडौं– भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ । घरेलु बजारमा मूल्य वृद्धि नियन्त्रणका लागि भन्दै भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको हो । समाचारमा जनाइएअनुसार भारत सरकारले व्यापारीहरुलाई आगामी जुन १ देखि अक्टोबर ३१ सम्मका लागि निर्यात अनुमति सुरक्षित गर्न समेत आग्रह गरेको भारतीय आर्थिक अनलाइन समाचार पोर्टल इकोनोमिक टाइम्सले जनाएको छ । यो कदमबाट घरेलु […]

पाकिस्तानले चिनी निर्यातमा प्रतिबन्ध लगायो

एजेन्सी, २७ वैशाख । पाकिस्तानले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । पाकिस्तानका प्रधानमन्त्री सेहवाज सरिफले सोमबार चिनी निर्यातमा पूर्ण प्रतिबन्धको घोषणा गरेका हुन् । डन पत्रिकाका अनुसार सरिफले चिनीको तस्करीमा लाग्नेविरुद्ध कडा कारबाहीको चेतावनी समेत दिएका छन् । पाकिस्तानमा चिनीको माग अत्याधिक बढेको, गहुँको पीठोको अभाव हुन थालेको भन्दै प्रतिबन्ध लगाइएको उल्लेख छ । चिनीको […]