अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि स्थगित कार्यसमिति बैठक बिहीबार बस्दैछ । विवादित गौरव थापा (भ्रष्टाचारको अभियोगमा फिफाद्वारा प्रतिबन्धित गणेश थापाका छोरा) लाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति, साफ महिला च्याम्पियनसिप २०२२, नेपाल सुपर लिग (एनएसएल) सहितका १७ एजेन्डामा निर्णय गर्ने अपेक्षा गरिएको छ ।