सरकारले सगरमाथा संवाद आयोजना निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषदको नियमित बैठकबारे जानकारी गराउनुहुँदै शुक्रबार सोको जानकारी गराउनुभयो । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले नेपाल–भारत सरकारबीचको सहमतिमा जीटुजी प्रणालीबाट मल खरिद विक्रीको काम अघि बढाइएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिड १९ को पदाधिकारी मुकरर गर्ने निर्णय सरकारले गरेको छ । त्यस्तै, नेपाल सरकारको स्वामित्वमा रहेको जर्मनीमा रहेको घरजग्गा विक्री गर्ने निर्णय सरकारले गरेको छ । सोहीअनुसार हरेक वर्ष पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने निर्णय सरकारले गरेको मन्त्री गुरुङले बताउनुभयो ।