काठमाडौं : झण्डै २ वर्ष सुनसान रहेका नेपाली नाट्यघर पुनः लयमा फर्किएका छन्। गत चैतदेखि कुनै निर्बाध सञ्चालनमा आइरहेका नाट्यघरमा नियमित नाटक मञ्चन भइरहेका छन्। दर्शकले रोजेर नाटक हेर्न पाइरहेका छन्। यतिवेला राजधानीमा एकसाथ चारवटा नाटक मञ्चन भइरहेका छन्। चार नाट्यघरमा फरक स्वादका चारवटा नाटक एकसाथ मञ्चन भएका हुन्। 'चोरको स्वर', 'सेमुना', 'कथा कस्तूरी' र 'ऐया! माया' मञ्चनरत चार नाटक हुन्। ती सबै नेपाली नाटक हुन्। जेठ २० गतेदेखि मण्ड