घरमै थन्किए ओलाङ्चुङगोलाका गलैँचा - Purbeli News

ताप्लेजुङ । जिल्लाको ओलाङ्चुङगोलामा उत्पादन भएका गलैँचा घरमै थन्किएका छन् । पछिल्लो एक वर्षयता याङ्की शेर्पाले बुँनेका ३६ थान गलैँचा घरमै राखिएको छ । नजिकैकि चुङ्दाक शेर्पाको घरमा पनि दुई दर्जन गलैँचा थन्किएका छन् । उनीहरूको मात्रै नभई गाउँका अधिकांशको घरमा व्यावसायिक रूपमा बुँनेका गलैँचा बिक्री नहुँदा घरमै राखिएका छन् । ‘कोभिड-१९ को सङ्क्रमणका कारण...

सम्बन्धित सामग्री

८२ वर्षकी यामकुमारीले बुनेका गलैँचा पुग्छ अमेरिकासम्म

बेनी : मंगला गाउँपालिका–१ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुन हरेक दिन गलैँचा, झोला, गलबन्दी, स्वीटरलगायत कपडा बुन्न व्यस्त रहन्छिन्।परम्परागत तानमा कपडा बुन्ने सीप अँगालेकी पुनले उत्पादन गरेको गलैँचा स्वदेशदेखि विदेशसम्म बिक्री हुन्छ। झोला, गलबन्दी, स्वीटरलगायतका सामान घरगाउँमै बिक्री हुने गरेको छ।एउटा गलैँचा बुन्न १५ दिनसम्म लाग्ने र त्यसलाई सात हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको पुनले बताइन्। फुर्सदको समयलाई बुनाइमा लगाउँदै आएकी उनले आफ्नो यसै पेशाबाट जीविकोपार्जन गर्दै

भ्याट र आयकरको छुट हट्दा गलैँचा उद्योग सङ्कटमा

काठमाडौं, असार १० ।  प्रमुख निर्यातजन्य वस्तुका रूपमा रहँदै आएको गलैँचा उद्योगले पाउँदै आएको दुई प्रकारको सुविधा एकै पटक खारेज भएपछि उद्योग सङ्कटमा पर्ने व्यवसायीले बताएका छन् । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकरमा समेत पाउँदै आएको छुट हटाउँदा दुई लाखभन्दा बढी श्रमिक आबद्ध भएको गलैँचा उद्योग नै सङ्कटमा […]

गलैँचा उद्योगमा दिएको सुविधामा बजेटको कैंची

आगामी आर्थिक वर्षको बजेटले गलैँचा उद्योगले पाउँदै आएका दुई सुविधालाई खारेज गरेको छ । सरकारले आगामी बजेटमार्फत् यो उद्योगले पाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकर छुट हटाएको हो । यो व्यवस्थाले २ लाख रुपैयाँभन्दा बढी श्रमिक आवद्ध उद्योग संकटमा पर्ने व्यवसायीको चिन्ता छ । उच्च मूल्य अभिवृद्धि र स्वदेशी जनशक्ति प्रयोग हुने भएकोले […]

२३ प्रतिशतले बढ्यो गलैँचा निर्यात

नेपालको कुल निर्यात घट्दा पनि गलैँचा (कार्पेट)को निर्यात भने दोहोरो अंकले बढेको छ । चालू आर्थिक वर्ष ०७९/८० को १० महिनामा कार्पेटको निर्यात २३.२१ प्रतिशत बढेको हो ।  भन्सार विभागले हालै सार्वजनिक गरेको...

गलैँचा नीतिको आवश्यकता

क्रमशः घट्दै गएको गलैँचा निकासीमा विगत दुई वर्षको अवधिमा झन्डै ३५ प्रतिशतले थप कमी आएपछि यसको विकासका लागि स्पष्ट नीतिको अभाव महसुस गरिएको छ । नेपाली गलैँचा सन् २००७/०८ मा साढे ११ लाख वर्गमिटर विभिन्न मुलुकमा निकासी भएको थियो भने २००९/१० मा ७ लाख वर्गमिटरमा सीमित हुन पुगेको छ । सन् १९९३ मा ३३ लाख वर्गमिटरभन्दा बढी गलैँचा संसारका करीब २५ मुलुकमा निर्यात भएको थियो । सन् २००० देखि निर्यातमा क्रमशः आउन थालेको ह्रास अहिले पनि जारी छ । कुनै समयमा मुलुकको अर्थतन्त्रलाई बलियो टेवा पुर्‍याएको गलैँचा उद्योग यसरी धराशयी हुँदा उद्यमीमात्र होइन सरकारलाई पनि चिन्ता हुनुपर्छ । पछिल्लो दशक नेपालमा गलैँचा मात्र होइन, अधिकांश उद्योगधन्दा फस्टाउन सकेनन् । मुलुकमा केवल स्थिर राजनीतिमात्र फस्टाएको यो दशक उद्योग व्यवसायका निम्ति अफाप सिद्ध रह्यो । निर्यात हुने वस्तुमध्ये कुनै बेला सर्वश्रेष्ठ रहेको गलैँचाबारे त्यसबखत पनि स्पष्ट नीति थिएन । र, नेपाली गलैँचाको लेबलिङ, ब्रान्डिङ वा ट्रेडमार्क स्थापित गर्न सकिएको थिएन । फलस्वरूप नेपाली गलैँचाको अन्य मुलुकबाट नक्कल गर्नेे क्रम बढ्न थाल्यो । नक्कल हुन थालेकोले पनि नेपाली गलैँचाले प्रतिस्पर्धामा टिक्न गाह्रो परी निकासी कम हुन थालेको हो । वर्ष ६ अंक ३३ , आइतवार, २४ असोज, २०६७

प्रभावकारी गलैँचा नीति माग

नेपाली गलैँचाको विकास तथा निर्यात प्रवर्द्धनका लागि प्रभावकारी नीति ल्याउन केन्द्रीय गलैँचा उद्योग संघले सरकारसँग माग गरेको छ । संघले वाणिज्य तथा आपूर्ति सचिव पुरुषोत्तम ओझासमक्ष  गलैँचा उद्योगको विकासका लागि विभिन्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । नेपाली गलैँचाको खस्कँदो निर्यातलाई ध्यानमा राखी यो उद्योगको प्रवर्द्धन र निर्यात अभिवृद्धिमा सहयोग पुग्ने गरी स्पष्ट नीतिको आवश्यकता भएकाले सरकारसँग माग राखिएको संघका कार्यकारी सचिव गिरिराज ज्ञवालीले अभियानलाई बताए । संघले नेपाली गलैँचाको दिगो विकास, संरक्षण र स्थायित्वका लागि सरकार र निजीक्षेत्रको संयुक्त लगानी विकल्प हुन सक्ने भएकाले यस सम्बन्धमा उपयुक्त वातावरण सृजना गर्नसमेत माग गरेको छ । संघले हालै तयार गरेको एक अध्ययन प्रतिवेदनलाई नयाँ नीतिको आधार बनाउन पनि सुझाव दिएको छ । अन्तरराष्ट्रिय बजारमा नेपाली गलैँचा लोकप्रिय हुनुका साथै यसको छुट्टै पहिचान पनि भएको भन्दै गलैँचासम्बन्धी कारोबार गर्ने अमेरिकी कम्पनी लेबल स्टेपका निर्देशक म्याग्डनेला स्ट्राइनरले संघलाई एक अध्ययन प्रतिवेदन बुझाएका छन् । हाल नेपालमा रहेका स्ट्राइनरले नेपाली गलैँचाको विकासका लागि स्पष्ट नीति आवश्यक भएकाले पहल गर्न संघलाई सातबुँदे प्रतिवेदन बुझाएका हुन् । ‘हामीले लेबल स्टेपको प्रतिवेदनमा आवश्यक परिमार्जन तथा विषयवस्तु थप गरी सरकारलाई बुझाएका छौं,’ ज्ञवालीले भने । वर्ष ६, अंक ३०, बिहीवार, २१ असोज २०६७

कारागारमा गलैँचा उद्योग स्थापना

काठमाडौँ,३ असोज । जिल्ला कारागार कार्यालय धुलिखेलले कारागारभित्र गलैँचा उद्योग स्थापना गरेको छ । कारागारभित्र रहेका कैदीबन्दीलाई काम दिने उद्देश्यले गलैँचा बुन्न सुरु गरिएको कार्यालयले जनाएको छ । एकपटकमा धागो तयार गर्नेसहित ५० कैदीबन्दीले गलैँचा बुन्ने काम गर्नेगरी व्यवस्थापन गरिएको कारागार कार्यालय प्रमुख गायत्री अधिकारीले जानकारी दिइन् । उनका अनुसार जिल्लाका नवराज केसीले रु ३० […]

मेलम्चीका दुई वडामा १०४ गलैँचा बुन्ने बालश्रमिक

मेलम्ची नगरपालिका वडा नं ७ र ८ मा १०४ गलैँचा बुन्ने बालमजदुर भेटिएका छन् । यसमा १०० बालिका र चार बालक रहेका छन् । महिला आत्मनिर्भरता केन्द्रले गरेको अध्ययनअनुसार गलैँचा बुनाई श्रममा संलग्न बालश्रमिकमध्ये ९–१४ वर्ष समूहका ५२ प्रतिशत र १५–१८ वर्ष उमेर समूहका ४८ प्रतिशत छन् । यीमध्ये १५ दशमलव ८५ प्रतिशत बालश्रमिक विद्यालय बाहिर छन् । अन्य बालबालिका बिहान बेलुकी गलँैचा बुन्ने र दिउँसो विद्यालय जाने गरेका छन् तर विद्यालयका शिक्षकले उनीहरु भर्ना भए पनि निरन्तर विद्यालय नआउने भएकाले पढ

गलैँचा उद्योगका मजदुरहरूद्वारा आन्दोलनको चेतावनी

गलैँचा उद्योगका मजदुरहरुले आन्दोलनको चेतावनी दिएका छन् । राज्यले तोकेको न्युनतम ज्याला कार्यान्वयन नभएको भन्दै गलैँचा उद्दोगसम्वद्ध ट्रेड युनियनहरुले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएका हुन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, राप्रपा र विप्लव निकट ट्रेड युनियनहरूले माग पूरा नभए तिहार र छठलगत्तै सडक संघर्षमा उत्रने बताए ।नेपाल गलैँचा श्रमिक संघका अध्यक्ष सविरमान वि.कले आफूहरुमाथि अन्याय भइरहेको भन्दै अन्तिम विकल्पका रुपमा आन्दोलनमा जान

चीनतर्फको नाका बन्द हुँदा घरमै थन्किए ओलाङचुङगोलामा उत्पादित गलैँचा

जेठ २१, ताप्लेजुङ । यहाँको ओलाङ्चुङगोलामा उत्पादन भएका गलैँचा घरमै थन्किएकाछन् । पछिल्लो एक वर्षयता यांकी शेर्पाले बुँनेका ३६ थान गलैँचा घरमै राखिएको छ । नजिकैकि चुङ्दाक शेर्पाको घरमा पनि दुई दर्जन गलैँचा थन्किएका छन् ।  उनीहरूको मात्रै नभई गाउँका अधिकांशको घरमा व्यावसायिक रूपमा बुँनेका गलैँचा विक्री नहुँदा घरमै राखिएका छन् । ‘कोभिड–१९ को संक्रमणका कारण चीनतर्फको नाका पूर्णरूपले बन्द भई निर्यात नहुँदा करीब २ हजार २५० हाराहारीमा गलैँचा थन्किएका छन्’, त्यहाँका वडाध्यक्ष छेतेन शेर्पाले भने ।  उनका अनुसार ओलाङचुङगोलामा उत्पादीत गलैँचाको मूख्य बजार चीनको तिब्बत हो । एक अघिदेखि टिपताला नाकाबाट आवतजावतमा पूर्णरूपले रोक लगाईएपछि गलैँचाको व्यपार ठप्प छ । संक्रमण फैलने भन्दै गत वर्षको चैतमा तिब्बतले नाका बन्द गराएको गोलाबासीलाई जानकारी गराएको थियो । त्यस यता नाका खुलेको छैन । नेपाली बजारको तुलनामा तिब्बतका बजारमा एउटा गलैँचाको मूल्य करिब १० हजार रुपैयाँ बढी पाउने भएकाले व्यवसायीले तिब्बततर्फ नै निर्यात गर्दै आएका थिए । यहाँ बनेका गलैँचा गुणस्तरीय हुने भएकाले तिब्बतका बजारको रोजाईमा पर्ने गरेको स्थानीय व्यवसायीले बताए ।  यस्तै नेपाली बजारमा ग्राहकले सस्तो खोज्ने हुँदा लगानी र मेहनतअनुसार मूल्य नपाउने यहाँका व्यवसायीको भनाइ छ । ‘नाका बन्द हुँदा गलैँचाको व्यापार ठप्प छ, नेपालमै बेचौँ त, भने जस्तो मूल्य पाईँदैन, एक वर्षदेखि बनेका गलैँचा घरैमा थन्किए, अरु आम्दानीको श्रोत पनि छैन, समस्या हुँदै गयो’,स्थानीय भुजुङ शेर्पाले भने । व्यवसायीका अनुसार नेपालमा १० देखि १५ हजारका दरले बिक्री हुने गलैँचा तिब्बतमा २० देखि २५ हजार रुपैँयामा विक्री हुन्छ । गुणस्तरको आधारमा ३०–३५ हजार रुपैयाँसम्म पर्ने उनीहरूले बताए । एउटा गलैँचा बन्न कम्तिमा १ हप्तासम्म लाग्छ । गलैँचा बन्न प्रयोग गरिने धागो, रङलगायत सामान तयार गर्न छुट्टै समय लाग्छ । आवश्यक पर्ने कच्चा पदार्थ चीन बाटै ल्याउने गरिए पनि नाका बन्द भए यता नेपालकै बजारबाट ल्याउन थालिएको छ । एक वर्षदेखि गलैँचा विक्री नभए पनि यहाँका बासिन्दाले गलैँचा बन्न छाडेका छैनन् । नाका खुल्ला अनि बेचौँला भन्दै बन्दाबन्दीको समयलाई गलैँचा बनेर सदुपयोग गरिरहेका छन् । यतिबेला निषेधाज्ञाले कतै जान आउन नपाउने भए पछि घरैमा रहेका स्थानीयले गलैँचा बनेरै समय बिताउने गरेको वडाध्यक्ष शेर्पाले बताए ।  ‘आवश्यक पर्ने कच्चा पदार्थ एक वर्ष सम्मलाई पुग्ने गरी काठमाडौंलगायत ठाउँबाट ल्याएर गलैँचा बुनिरहेका छन्, लामो समयसम्म चीनतर्फको नाका नखुले अन्य बजार खोजेर पनि बजारीकरणमा सहयोग गर्नु पर्ला’, वडाध्यक्ष शेर्पाले भने ।  सदरमुकामबाट सवारी साधन र पैदल गरी दुई दिनमा पुगिने ओलाङचुङगोलामा हाल ५३ घर परिवारको बसोबास छ । यहाँका बासिन्दाले गलैँचा बुन्ने, पशु पालन गर्ने र जडिबुटी संकलन गर्ने गरेका छन् । पछिल्लो समय जनशक्तिको अभाव, जंगली जनावरको आक्रमणका कारण पशुपालन घट्दै गएको छ भने जडिबुटी संकलन पनि कमैले मात्र गर्न थालेका छन् ।  अन्य पेशाव्यवसाय नभएकाले गलैँचा उत्पादन नै यहाँका बासिन्दाको मुख्य पेशाव्यवसाय बनेको तर संक्रमण रोक्न गरिएको बन्दाबन्दीले व्यापार ठप्प हुँदा भने एक वर्षदेखि आर्थिक समस्या झेल्नु परेको स्थानीयवासीले बताएका छन् । गाउँमा वडाको बजेटबाट सञ्चालन हुने सानातिना योजनामा काम गर्न पाएकाले सामान्यतः सहयोग मिलेको समेत उनीहरूले बताए । रासस