काठमाडौं, ३ भदौ । फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ। आईतबार अष्ट्रेलियामा भएको फाइनल खेलमा इङ्ल्याण्डलाई १ गोलले हराउँदै स्पेनले उपाधि जितेको हो। स्पेन र इंग्ल्यान्ड दुवै टोली पहिलो पटक महिला विश्वकपको फाइनलमा पुगेका हुन्। प्रतियोगितामा ३२ वटा टिम सहभागी भएका थिए।