मोरङ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसित मात्र होइन, देशका सबै इमानदार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकताका सम्बन्धमा कुराकानी चलिरहेको बताउनुभएको छ ।
अध्यक्ष नेपालले आज शनिवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देशका सबै सच्चा इमानदार वामपन्थी विचारधारा बोकेका पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । गठबन्धन दलहरूबीच जित्ने आधारमा सिटको बाँडफाँट हुने उहाँले बताउनुभयो । विगतमा गठबन्धन दलहरूका उम्मेदवारले जितेको सिटका आधारलाई टेकेर बाँडफाँट हुने उहाँको...