काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार रहिरहेमा देश बरबादीतिर धकेलिने दाबी गर्नुभएकाे छ । आज बुधवार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देशमा लगानीको कुनै सम्भावना नरहेको उल्लेख गर्दै वर्तमान सरकार रहिरहेमा देश बरबादीतिर धकेलिने बताउनुभएको हो । उहाँले बैंकसँग पनि लगानीका लागि दिने पैसा नभएकाले देश सङ्कटमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘खल्तीमा कसैको पैसा हुँदैन, बैंक त्यसै कार...