विप्लव समूहको बैठक उदयपुरमा जारी, फागुनमा महाधिवेशन गर्ने

नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा समुहको केन्द्रीय समिति बैठक उदयपुरमा जारी छ। गत १२ गते सुरु भएको बैठक केही दिन लम्बिने बताएको छ। विप्लव समूह विभाजन भई धर्मेन्द्र बास्तोलाले नेकपा बहुमत गठन गरेपछि पहिलो पटक विप्लव समूहको बैठक बसेको हो।बैठकमा पार्टीको ९ औ महाधिवेशन फागुन १ गते गर्नेगरी छलफल चलेको एक नेताले बताए। यस्तै बैठकमा स्थानीय तह निर्वाचन समीक्षासहित आगामी कार्यदिशा र कार्ययोजनाका विषयमा छलफल भईरहेको बताएको छ।

सम्बन्धित सामग्री

महाधिवेशन तयारीबारे छलफल गर्न देउवाले बोलाए बैठक

काँग्रेसको १४ औं महाधिवेशनको तयारीबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका छन् । महाधिवेशन तयारीका लागि गठन भएका विभिन्न विभागका प्रमुखहरुसँग देउवाले महाधिवेशनको तयारी, जानकारी तथा सुझाव लिन बैठक बोलाएका हुन् ।सभापति देउवाले त्यसका लागि ललितपुरस्थित पार्टी कार्यालय सानेपामा सोमबार दिउँसो साढे ४ बजे बैठक बोलाएको कार्यलय सचिव प्रकाश शर्माले जानकारी दिएका छन् । काँग्रेसको १४ महाधिवेशन अवको तीन दिनपछि अर्थात मंसिर २४ गते उद्घाटन हुँदैछ ।

एमाले महाधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं : नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दैछ।बैठक मध्यान्ह १२ बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनकाअनुसार बैठकमा पार्टीको महाधिवेशन व्यवस्थापनको बिषयमा थप छलफल हुनेछ।महाधिवेशन नजिकिँदै जाँदा एमालेमा नयाँ नेतृत्वको सरगर्मी बढेको छ। एमालेको अध्यक्षमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिने घोषणा गरेका छन्। यस्तै उपमहासचिव घनश्याम भुसाल पनि अध्यक्षको आकांक्षी छन्।एमालेले आगामी १० औं राष्ट्रि

महाधिवेशन तयारीमा कांगेस बैठक

काठमाडौं, कात्तिक २४ । नेपाली कांग्रेसको आगामी केन्द्रीय कार्यसमितिको बैठक मुख्य रूपमा १४औँ महाधिवेशनको तयारीमा केन्द्रित रहने भएको छ । यही कात्तिक २८ गते बोलाइएको बैठक मुख्यगरी महाधिवेशन तयारी, हालसम्म भएको पार्टीका विभिन्न तहको निर्वाचनको समीक्षालगायतका विषयमा केन्द्रित रहने भएको हो । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक पूर्ण रूपमा महाधिवेशनको तयारी केन्द्रित हुने जानकारी दिए […]

एमाले बैठक दशौं महाधिवेशन आयोजक कमिटीकै निरन्तरता

१८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको भनेर शुक्रबार बोलाएको बैठक दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीकै निरन्तरता हुने भएको छ । बिहीबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी कायम गर्ने निर्णय भएको थियो । त्यसदिनको निर्णयअनुसार अहिले बालुवाटारमा केन्द्रीय कमिटी बैठक बस्दैछ । तर यो बैठक १३औं […]

एमाले महाधिवेशन आयोजक कमिटिको बैठक बस्दै

काठमाडौँ – नेकपा एमालेको १० औँ महाधिवेशन आयोजक कमिटिको बैठक बुधबार बिहान ११ बजे बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । एमालेले १० औँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रूपान्तरण गरि पूर्ववत् केन्द्रीय कमिटि बनाउने तयारी गरेको छ । पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको […]

एमालेले बोलायो १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक

सत्तारुढ एमालेले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको स्थायी कमिटी बैठकले १६ असारमा पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार...

एमालेले बोलायो दशौं महाधिवेशन आयोजक कमिटीको बैठक

काठमाडौं। नेकपा एमालेले १० औं महाधिवेशन आयोजक कमिटीको बैठक आह्वान गरेको छ। आइृतबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले असार १६ गते बैठक बस्ने निर्णय गरेको हो। बैठकपछि प्रवक्ता प्रदिप ज्ञवालीले भने,“पछिल्लो राजनीतिक अवस्था, प्राकृतिक विपत्ति र राष्ट्रिय राजनीतिका विभिन्न आयामका बारेमा गहन छलफल भयो। थप निर्णय गर्न उच्च तहमा छलफल आवश्यक देखिएकाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने निर्णय भएको

एमालेले १६ गतेको लागि बोलायो महाधिवेशन आयोजक समितिको बैठक

नेकपा एमालेले विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न असार १६ गते बुधवारका लागि महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको बैठकले समसामयिक विषयमा निर्णय लिनको लागि महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।  महाधिवेशन आयोजक कमिटीको बैठकमार्फत केही महत्वपूर्ण निर्णय लिनुपर्ने भएकोले बैठक राखिएको अर्का सदस्यले जानकारी दिए ।  बैठकमा माधव नेपाल पक्षसँग भएका सहमतिको प्रयास...

कांग्रेसको महाधिवेशन केन्द्रित बैठक आज बस्दै

नेपाली कांग्रेसको १४ औं महाधिवेशन केन्द्रित बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।

एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो । पार्टीको स्थायी कमिटी बैठक सकिएसँगै महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यसअघि शुक्रबार बसेको आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो भने २६५ जना केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको थियो । बैठकले झलनाथ खनाल र माधव नेपाल पक्षलाई