नेकपा एमालेले विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न असार १६ गते बुधवारका लागि महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको बैठकले समसामयिक विषयमा निर्णय लिनको लागि महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
महाधिवेशन आयोजक कमिटीको बैठकमार्फत केही महत्वपूर्ण निर्णय लिनुपर्ने भएकोले बैठक राखिएको अर्का सदस्यले जानकारी दिए ।
बैठकमा माधव नेपाल पक्षसँग भएका सहमतिको प्रयास...