सम्पादकीय: लगानीमा समस्या

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को १० महीनाको वित्तीय अवस्था सार्वजनिक गर्दै अर्थतन्त्र सुधारोन्मुख रहेको देखाएको छ । बाह्य पक्ष राम्रो देखिएको छ भने तरलता अभावको समस्या पनि कम हुँदै गएको  छ । यति हुँदाहुँदै पनि अर्थतन्त्रमा भने सुधार आएको देखिँदैन । खासगरी बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप लगानी हुन सकेको छैन । बैंक तथा वित्तीय संस्थासँग अधिक तरलता छ ।  जबसम्म लगानी हुँदैन, तबसम्म मन्दीमा गएको अर्थतन्त्रमा सुधार हुने सम्भावना हुँदैन । मान्छेमा प्रेसर बढ्यो भने औषधीको माध्यमबाट नियन्त्रण गर्न सजिलो हुन्छ तर प्र्रेसर घट्यो भने बढाउन गाह्रो हुन्छ । अहिले नेपाली अर्थतन्त्र त्यही अवस्थामा पुगेको आभास भइरहेको छ । मन्दीतर्फ गएको अर्थतन्त्र सुधार गर्न विशेष खालका कार्यक्रम आवश्यक देखिएको छ ।    वैशाखमा शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको छ जुन अघिल्लो आवको यही अवधिमा योभन्दा बढी घाटामा थियो । त्यस्तै विदेशी विनिमय सञ्चिति ११ दशमलव २ महीनाको वस्तु आयात र ९ दशमलव ७ महीनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने अवस्थामा पुगेको छ । सरकारले लिएको कसिलो मौद्रिक नीतिका कारण यसरी अर्थतन्त्रको बाह्य पक्ष सुदृढ बनेको देखिन्छ । अहिले बैंकसँग पर्याप्त लगानीयोग्य रकम रहेको देखिन्छ । पैसाको आपूर्ति बढेकै कारण अहिले निक्षेप र कर्जाको ब्याजदर  घट्दै गएको छ । वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थामा  निक्षेप ३ खर्ब ७० अर्बभन्दा बढीले बढेको छ भने १ खर्ब ५३ अर्बभन्दा बढी कर्जा लगानी भएको छ ।  यसरी निक्षेप थुप्रेर बस्नु भनेको स्रोतको उपयोग नहुनु हो ।  यस्तो अवस्थामा बजारमा वस्तुको माग ज्यादै घटेको छ । समीक्षा अवधिमा कुल वस्तु निर्यात २४.५ प्रतिशतले कमी आई १ खर्ब ३० अर्बभन्दा बढीको निर्यात भएको छ । त्यस्तै कुल वस्तु आयात १६.८ प्रतिशतले कमी आई १३ खर्ब ३५ अर्बभन्दा बढीको वस्तु आयात भएको देखिन्छ । यसरी बैंकहरूसँग लगानीयोग्य रकम भए पनि लगानी हुन सकेको छैन । अहिलेको अवस्थामा बैंकहरूको लगानी उद्योग, व्यवसाय, कृषि तथा जलविद्युत्का क्षेत्रमा हुनुपर्ने हो । तर यी क्षेत्रमा लगानी गर्न सरकार नै अवरोध बनेको देखिएको छ । कृषिमा लगानी गर्न बैंकहरूले सबभन्दा पहिला बीमा गरिएको छ वा छैन भन्ने कुरा हेर्छन् । तर सरकारले यसअघि नै कृषि बीमा गरिएको रकम भुक्तानी नदिँदा बीमा कम्पनीहरूले कृषि बीमा नै रोकेका छन् । कृषि तथा पशुको बीमा हुन छाडेपछि बैंकहरूलाई त्यो क्षेत्रमा लगानी गर्न गाह्रो हुन्छ । त्यस्तै जलविद्युत् क्षेत्रमा लगानी गर्न पनि पीपीएको काम ठप्प छ ।  उद्योग व्यवसायमा लगानी गर्नका लागि उत्पादित वस्तुको माग नै बजारमा कम हुन थालेको छ । के कारणले बजारमा माग छैन भन्ने कुराको समेत सरकारले अध्ययन गरेको छैन । त्यसैले यस्ता समस्याको सुधार गर्न सरकारको भूमिका बढी हुन्छ भन्ने कुरा सरकारले बिर्सेको देखिन्छ ।  यति मात्र नभई सरकारले आफै पनि कुनै विकास आयोजना राम्ररी अघि बढाउन सकिरहेको छैन । यस्ता आयोजनामा काम भएको भए धेरैले रोजगारी पाउँथे । निर्माण सामग्रीको बजार बढ्थ्यो र औद्योगिक उत्पादन पनि बढ्न थाल्थ्यो । तर, विकास निर्माणका काम अघि नबढ्दा बजारमा माग बढ्न सकेको छैन । अत: सरकारले आफ्नो जिम्मेवारी राम्ररी पूरा गरेर बजारलाई चलायमान बनाउन लाग्नै पर्ने देखिन्छ । यस्तो काम गर्न बजेट चुकिसकेको छ । यसमा संशोधन गरेर भए पनि एकातिर बजार चलायमान बनाउनेतिर र अर्कोतर्फ बैंक तथा वित्तीय संस्थामा थुप्रिएको तरलतालाई लगानी गर्ने वातावरण बनाउनेतिर लाग्नुको विकल्प देखिँदैन ।

सम्बन्धित सामग्री

चिकित्सकहरुको विभेदकारी समायोजन: तत्कालीन र दीर्घकालीन समाधान

विद्धतालाई व्यवहारमा परिवर्तन गर्ने अवसरको पर्खाइमा रहेका सरकारी लगानीमा विशेषज्ञता हासिल गरेका सरकारी कर्मचारीको समस्या तत्काल  समाधान गर्नेगरी एउटा नीतिगत निर्णय गर्नु नेपाल सरकारको जिम्मेवारी हो।

सञ्चारसम्बन्धी समस्या चाँडो समाधान गर्छौँ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ, १४ वैशाख । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारसम्बन्धी समस्या चाँडै समाधान गर्ने बताए । प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकार कानुन निर्माणका विषयमा गम्भीर रहेको बताए । “नीति तथा बजेट बनाउने तयारीमा छौँ, कम लगानीमा बढी प्रतिफल दिने योजनाका बारेमा छलफल भइरहेको […]

खानेपानीको समस्या हट्ने

काठमाडौँ, २८ फागुन । हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बाँनियाले हेटौँडा उपमहानगरपालिका–१४ मा निर्माण भएको खानेपानी ट्याङ्कीको सयुक्तरुपमा आज उद्घाटन गरेको छ । जिल्ला समन्वय समिति मकवानपुर, हेटौँडा तथा खानेपानी व्यवस्थापन बोर्ड हेटौँडाको रू दुई करोड ४० लाख सयुक्त लगानीमा निर्माण भएको सो ट्याङ्कीको खानेपानी भण्डारण क्षमता तीन लाख लिटर छ । […]

डेढ अर्ब लगानीमा तीन रणनीतिक सडक

सम्भावनाले भरिपूर्ण कर्णाली प्रदेश भौगोलिक हिसाबले निकै विकट छ । सडक यातायातको पहुँच नपुगेकै कारण अन्तरजिल्ला मात्र नभई एक गाउँदेखि अर्को गाउँसम्म आउजाउ गर्न समेत एकदिन लाग्ने समस्या छ । कर्णाली राजमार्गले कालिकोट, जुम्ला र मुगु जिल्लालाई छोए पनि दुर्गम गाउँका नागरिकको पिठ्युँमा भारी र यात्रामा पैदल अझै छुटेको छैन । गाउँमा सडक नकाटिएका हैनन्, […]

पाल्पाको पूर्वखोलामा खानेपानीको समस्या समाधान

पाल्पा । वर्षाैंदेखि खानेपानीको समस्या भोग्दै आएको पाल्पाको पूर्वखोला गाउँपालिकामा खानेपानीको समस्या समाधान भएको छ । ‘एक घर एक धारा’ अभियानले सार्थकता पाएसँगै पानीको समस्या समाधान भएको हो । दुई घण्टा हिडेर पानी ल्याउनुपर्ने बाध्यता हटेको छ भने खानेपानी पुगेपछि बसाई सराईको क्रम घटेको छ । लुम्बिनी प्रदेश सरकार र पूर्वखोला गाउँपालिकाले ५०/५० प्रतिशत लगानीमा […]

साढे दुई अर्ब लगानीमा खुल्यो स्वस्तिक रोलिङ मिल

बैंकको चर्को ब्याजदर, स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास, दक्ष जनशक्तिको अभावलगायत समस्या झेल्दै आएका उद्योगी–व्यवसायीहरूले लगानी विस्तार पनि गरिरहेकै छन् । उनीहरूले प्रतिकूल औद्योगिक वातावरणमा पनि नयाँ–नयाँ उद्योग स्थापना गर्ने क्रमलाई रोकेका छैनन् । साढे २ अर्ब रुपैयाँको लगानीमा स्वस्तिक रोलिङ मिल सञ्चालनमा ल्याएका उद्योगी रमेश राठी भन्छन्, “लगानीको वातावरण छैन भनेर हात बाँधेर बस्नु […]

५९ लाख लगानीमा ‘एक घर एक धारा’

तिला गाउँपालिका–८ जुम्लाकोटमा खानेपानीको समस्या चुलिँदै गएको थियो । पानीको स्रोत सुक्दै जानुका साथै २०५९ सालमा बनेको एक मात्र धारा जीर्ण बनेपछि जुम्लाकोटमा खानेपानीको हाहाकार थियो । एक गाग्री पानी भर्न पनि घण्टांै लाइन कुर्नुपर्ने, कहिले रित्तै घर फर्किनु पर्ने र पानीकै लागि आपसमा विवादसम्म हुन्थ्यो । सरसफाइ त परै जावस जुम्लाकोटबासीलाई ढुक्कले पिउन तथा […]

लगानीमा व्यवधान

केही दिनअघि लगानी बोर्डले १४ अर्ब २७ करोड रुपैयाँ लगानी हुने सूर्यतारा सिमेन्ट उद्योग निर्माण तथा सञ्चालनका लागि स्वीकृति प्रदान गर्‍यो । त्यस्तै रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययनका लागि जर्मनी कम्पनी डीआईएजी इन्डस्ट्रिज जीएमबीएचलाई पनि अनुमति दिने लगायतका निर्णय पनि गर्‍यो । स्वीकृति लिएका कति कम्पनी सञ्चालनमा आए, नआएकाहरू किन आएनन् र तिनलाई केकस्तो सहजीकरणको आवश्यकता छ भन्नेमा सरकार र बोर्डले पर्याप्त अध्ययन गर्नु आवश्यक छ । सिमेन्ट, रासायनिक मल तथा जलविद्युत्का क्षेत्रमा यसरी लगानी भित्र्यााउन बोर्डले दिएको सहमति सकारात्मक छ । यसले थप लगानी भित्रिन मद्दत गर्ने अपेक्षा गर्न सकिन्छ । ५० करोडभन्दा माथिका लगानीका लागि सहजीकरण गर्न लगानी बोर्ड स्थापना भई एकद्वार प्रणालीमार्फत सेवा दिने काम शुरू भए पनि हालसम्म पर्याप्त मात्रामा लगानी आउन सकेको छैन । लगानीका लागि इच्छुक कम्पनीहरूले स्वीकृति लिने प्रक्रिया अझै झन्झटिलो भएको बताइरहेका छन् । त्यसैले लगानीको प्रस्ताव पर्याप्त आइरहेको छैन र आएको प्रस्ताव  र प्रतिबद्धताअनुसार लगानी भित्रिन पनि सकेको छैन । जबकि यतिखेर नेपालका लागि लगानी निकै आवश्यक परेको छ । लगानी नआउनुमा सरकारका थुप्रै कमजोरी कारण बनेको देखिन्छ । एकद्वार प्रणाली लागू भएको भए पनि नेपालमा उद्योग खोल्ने स्वीकृति लिन अझै दर्जनौं संस्था धाउनुपर्ने बाध्यताको अन्त्य हुन सकेको छैन । खासगरी, नेपालमा सबैभन्दा बढी सम्भावना भएको क्षेत्र जलविद्युत्का लागि लगानीकर्ताले बढी नै हैरानी बेहोर्नुपरिरहेको छ । एउटा रूख काट्नलाई वन मन्त्रालयमा फाइल अड्केर महीनौंसम्म बसिरहने, वातावरण मन्त्रालयले त्यसैगरी अड्काउने जस्ता विविध समस्या अन्त्य हुन सकेको छैन । एकै ठाउँमा सबै सेवा दिने भनिए पनि सरकारी कार्यालय र संयन्त्रबीच समन्वय नहुँदा एकद्वार प्रणालीले अपेक्षा गरेअनुसार काम गरेको छैन । त्यस्तै, सम्भावनायुक्त क्षेत्र मानिएका जलविद्युत् र सिमेन्ट उद्योगका लागि जग्गाप्राप्ति निकै ठूलो समस्या बनेको छ । जग्गा अधिग्रहणका लागि मुआब्जा दिने व्यवस्था छ । तर, मुआब्जा दिने जग्गाको मूल्य प्रचलितभन्दा निकै बढी राख्ने गरिएको छ । त्यसैले लगानीका लागि आएका व्यवसायीहरू यी झन्झट देखेपछि लगानी गर्न पछि हटेको अवस्था छ । त्यसो त लगानी बोर्डमा निजीक्षेत्रको प्रतिनिधित्व छ र वैदेशिक लगानीमा स्वार्थ बाझिने अवस्थामा त्यसले समस्या निम्तिने गरेको छ । सिमेन्ट कारखाना खोल्न आएको डंगोटेले चुनखानी नपाउनु यसैको परिणति भएको मानिन्छ । विद्युत्मा पनि एकातिर लगानीका लागि स्वीकृति दिइएको छ अर्कातिर नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरीद सम्झौता गर्न आनाकानी गरिरहेको छ । विद्युत् उत्पादन गरिसकेका कम्पनीहरूले प्रसारण लाइनसम्म पहुँच नपाउँदा विद्युत् खेर गइरहेको अवस्था पनि छ । श्रमिकको सहज उपलब्धता पनि छैन । दक्ष जनशक्ति पाउन निकै कठिनाइ हुने गरेको छ । लगानीसम्बद्ध कानूनमा लगानीकर्ताले गरेको मागअनुसार अझै सुधार हुन सकेको छैन । यी लगानीका बाधक पक्ष हुन् । लगानीका लागि प्रस्ताव आउनु भनेको लगानीयोग्य क्षेत्र छ भन्ने कुराको संकेत हो । सरकारले सोकेसमा राखेको आयोजनाहरूमा स्वदेशी र विदेशी लगानीकर्ताको आकर्षण छ । तर, नीतिगत स्थायित्वको अभाव र लगानी सुरक्षाको भरपर्दो ग्यारेन्टी छैन । लगानीका लागि बाधक गाँठाहरू फुकाउने काम सरकारको हो । ती बाधा फुके भने मुनाफा सुनिश्चित भएको अवस्थामा लगानी नआउने भन्ने हुँदैन । तर, सरकार र मन्त्री फेरिएपिच्छे फेरिने प्राथमिकताका कारण लगानीको वातावरण धमिलिन छाडेको छैन । लगानी नबढेसम्म रोजगारी र उत्पादन बढ्दैन । यिनमा सुधार नआई आर्थिक समृद्धिको सपना पूरा हुन सक्दैन । अत: जस्तोसुकै अवस्थामा पनि लगानीलाई प्रोत्साहन गर्नु सबैभन्दा महत्त्वपूर्ण हो भन्ने सबैले बुझ्नु जरुरी छ । तर, बोर्डमा प्रस्ताव आउनु, त्यसलाई स्वीकृति दिनुमात्रै लगानी हुनका लागि पर्याप्त देखिँदैन । विगतमा यसरी स्वीकृति लिएका कति कम्पनी सञ्चालनमा आए, नआएकाहरू किन आएनन् र तिनलाई केकस्तो सहजीकरणको आवश्यकता छ भन्नेमा सरकार र बोर्डले पर्याप्त अध्ययन गर्नु आवश्यक छ ।

साढे तीन करोड लगानीमा आठ विद्यालय भवन बन्दै

जुम्ला-एक पालिका एक पक्की विद्यालय भवन निर्माण गर्ने कार्यक्रमअनुसार चालू आवमा जुम्लामा साढे तीन करोड लगानीमा आठवटा पक्की विद्यालय भवन निर्माण हुने भएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको लगानीमा सामाजिक विकास कार्यालय जुम्लामार्फत आठवटा पक्की विद्यालय भवन निर्माण हुन थालेका हुन् ।बढ्दो विद्यार्थीको चाप र भौतिक संरचना अभावले पठन पाठनमा समस्या भएका […]

एक करोड लगानीमा दाङमा व्यावसायिक पाडापालन

दाङ । दाङको घोराहीमा व्यावसायिक रूपमा पाडापालन शुरू गरिएको छ । ‘अम्बिकेश्वरी कृषि तथा पशु पालन फार्म’ स्थापना गरेर स्थानीय माधव ढकाल, केशव बेलबासे र भोला बेलबासेले करीब रू. १ करोड लगानीमा व्यवसायिक पाडापालन शुरू गरेका हुन् । घोराही उपमहानगरपालिका–१८ कटुवाखोला किनारामा शुरू गरिएको फार्ममा हाल ४१ पाडाहरू छन् । व्यावसायिक रूपमा पाडापालन गर्न करीब रू. ७० लाख लगानीमा भौतिक संरचना निर्माण गरिएको छ । पाडा राख्ने पक्की संरचना, पानी पोखरी, घाँस/पराल राख्ने स्थान ठूलो संरचना बनाइएको छ । ‘शुरूमा ५० लाखजतिको लगानीमा भवन निर्माण गर्ने योजना बनाएका थियौं,’ सञ्चालकमध्येका केशव बेलबासेले भने, ‘भौतिक संरचना निर्माण गर्दागर्दै ७० लाख जति लागिसक्यो ।’ उनका अनुसार भैंसी, पाडा र घाँस पराल खरीदका लागि रू. ३० लाख खर्च भएको छ । शुरूमा माऊ भैंसी राखेर केही समय दूध उत्पादन पनि शुरू गरिएको थियो । पाडा हुर्केपछि अहिले तीनओटा मात्रै माऊ भैंसी राखिएको छ भने ४१ ओटा पाडापाडी छन् । भारतीय सीमावर्ती क्षेत्रबाट मासुका लागि पनि ठूलो संख्यामा भैंसीहरू भित्रने गरेकाले त्यसको आपूर्ति जिल्लामै गर्ने उद्देश्यले व्यावसायिक रूपमा पाडापालन गरिएको फार्म सञ्चालकहरू बताउँछन् । पालिएका पाडाहरू मासुका लागि योग्य भएपछि र पाडी हुर्केर दूध दिने भैंसीको रूपमा विकास भएपछि विक्री गरिने अर्का सञ्चालक माधव ढकालले बताए । हाल ४१ ओटा पाडापाडी भए पनि निकट भविष्यमा २०० ओटा पु¥याउने लक्ष्य रहेको उनले सुनाए । करीब दुई बिघा क्षेत्रफलमा व्यवसाय शुरू गरेकाले भैंसी तथा पाडापालनका लागि घाँसको समस्या नहुने उनको भनाइ छ । पछिल्लो समय जिल्लालाई मासु र दुध उत्पादनमा आत्मनिर्भर बनाउन यस्ता व्यवसाय सञ्चालन हुँदै आएको, तर यति ठूलो लगानीमा व्यावसायिक पाडापालन जिल्लाकै नमूना भएको जिल्ला उद्योग वाणिज्य संघ दाङका उपाध्यक्ष रामप्रसाद पोख्रेलले बताए । ‘जिल्लामा मासुकै लागि पनि भारतबाट ठूलो संख्यामा भैंसी भित्रने गर्दछन्,’ उनले भने, ‘यसलाई विस्थापन गर्न र जिल्लालाई मासु तथा दूध उत्पादनमा आत्मनिर्भर बनाउन यसले सहयोग पुग्नेछ ।’ यस्ता फार्मलाई राज्यको तर्फबाट पनि सहयोगको खाँचो रहेको उनको भनाइ छ ।