काठमाडौं : सर्वोच्च अदालतले कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज गुरुमुखलाई थुनामुक्त गर्न आदेश दिएको छ ।न्यायाधीशद्वय सपना प्रधान मल्ल र लिप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई थुनामुक्त गर्न आदेश दिएको हो । हत्या आरोपमा जेल सजाय पाएका शोभराजले आफूलाई तोकिएको अवधिभन्दा बढी कैद राखिएको भन्दै थुनामुक्त हुन पाउँ भनी निवेदन दिएका थिए। कर्तव्य ज्यान मुद्दामा फ्रान्सेली नागरिक शोभराजालई भक्तपुर जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो। सर्वोच्चले २०६७ साल साउन १४ गते जिल्ल