काठमाडौं : सांसद रामप्रकाश चौधरीले पब्जी खेलमाथि प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले पब्जी खेलका कारण बालबालिकाहरूमा मानसिक समस्या देखा परेकाले बन्द गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्। ‘पब्जी गेम तुरुन्त बन्द गरियोस्। आज हाम्रा बालबालिका ठोकठोक मारमार भन्दाभन्दै पागल जस्ता भएका छन्। त्यसैले यो पब्जी गेम तुरुन्त बन्द गरियोस्,’ उनले भने। यसअघि पनि सांसदहरूले पब्जी खेलमाथि प्रतिबन्ध लगाउन माग गरेका थिए। युवामाझ लोकप्रिय