तपाईंसँग उद्यमी बन्ने योजना छ ? आइडिया स्टुडियो बन्न सक्छ सारथि

सोचलाई उद्योगसम्म पुर्‍याउने उद्देश्यका साथ सञ्चालित टेलिभिजन कार्यक्रम 'आइडिया स्टुडियो सिजन–५' सुरु भएको छ

सम्बन्धित सामग्री

स्टयाण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्ड्स : जुरी परिचय

राधेश पन्त अध्यक्ष, भी–रक एण्ड कम्पनी डीएसभी एडभाइजर्सका प्रमुख राधेश पन्त भीआरओसीके एण्ड कम्पनीका अध्यक्ष समेत हुन् । नेतृत्व, व्यवस्थापन, संस्थागत सुदृढीकरण, कर्पोरेट वित्त, व्यावसायिक वार्ता, सरकारी प्रणाली र सुधारका लागि राजनीतिक तथा नीतिगत तहको संवादमा रहेर उनले ३० वर्ष बिताएका छन् । उनी दुई वाणिज्य बैंक र सार्वजनिक निजी साझेदारी परियोजनाहरूमा लगानी सहजीकरण गर्ने सरकारी निकाय लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत भइसकेका छन् । अञ्जु शर्मा कार्यकारी निर्देशक, सिवेक हस्पिटल अञ्जु शर्माले आफ्नो व्यावसायिक यात्रा नबिल बैंकबाट शुरू गरेकी थिइन् । त्यहाँ कर्जा नियन्त्रकको रूपमा काम गरेकी उनीसँग स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडमा समेत काम गरेको अनुभव छ । ‘कन्जुमर बैंकिङ’को प्रमुख रहेकी उनी त्यहाँ २५० भन्दा बढी कर्मचारीप्रति जिम्मेवार र उत्तरदायी हुनुपथ्र्यो । सन् २०१२ देखि उनी सिवेक हस्पिटलको कार्यकारी निर्देशक भइन् । उनी विशेषगरी ‘ट्राभल चिकित्सा’मा केन्द्रित छन् । उनी हाल सुन्तलीवाटिका कृषि फार्मको विकास तथा खेतीमा समेत संलग्न छिन् । आभा शाह अध्यक्ष, जोन्टा क्लब अफ काठमाडौं आभा शाह शिक्षाविद् हुन् । उनले तीन दशकभन्दा बढी समयदेखि प्राज्ञिक क्षेत्रमा काम गरिरहेकी छिन् । उनी सिल्भर माउन्टेन स्कूल अफ होटल म्यानेजमेन्टको संस्थापक तथा प्रबन्ध निर्देशक समेत हुन् । संस्थाले पर्यटन क्षेत्रका लागि २२ वर्षदेखि प्रतिभाशाली जनशक्ति उत्पादन गर्दै आएको छ । एमबीए गरेकी शाह शिक्षालाई राष्ट्र विकासको आधारशिला मान्छिन् । उनी जोन्टा क्लब अफ काठमाडौंको अध्यक्ष पनि हुन् । उनी विभिन्न अन्तरराष्ट्रिय सम्मेलनहरूमा सहभागी भइसकेकी छिन् । वर्षा श्रेष्ठ बिजनेश हेड, इक्रा नेपाल लिमिटेड वर्षा श्रेष्ठ हाल इक्रा नेपाल लिमिटेडमा बिजनेस हेडका रूपमा रहेकी छन् । सन् १९८४ देखि नबिल बैंकबाट बैंकिङ यात्रा शुरू गरेकी श्रेष्ठले क्लिन इनर्जी डेभलपमेन्ट बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत हुँदै प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रूपमा समेत काम गरिन् । उनी नेपालमा निजीक्षेत्रको बैंकिङ संस्थाको पहिलो महिला सीईओको रूपमा चिनिन्छिन् । नेपाल व्यवस्थापन संघद्वारा प्रदान गरिएको ‘वुमन म्यानेजर रिकग्निसन अवार्ड २०१०’ बाट उनी सम्मानित भएकी थिइन् । आइडिया स्टुडियो नेपाल, नेपाल एम्बुलेन्स सेवा जस्ता विभिन्न कम्पनी र व्यावसायिक संघसंस्थाको सञ्चालक समितिमा रहेर समेत उनले काम गरिन् । उनी नेपाल उद्योग परिसंघ (सीएनआई)को राष्ट्रिय परिषद् सदस्य पनि हुन् । वासन्ती प्रधान उपाध्यक्ष, महिला उद्यमी महासंघ नेपाल महिला उद्यमी महासंघ नेपालका उपाध्यक्ष वासन्ती प्रधान वाटिका नेपाल प्रालिकी प्रमुख कार्यकारी अधिकृत समेत हुन् । उनीसँग फ्लोरीकल्चर सम्बन्धी क्षेत्रमा तीन दशक काम गरेको अनुभव छ । फ्लोरीकल्चरसँग सम्बन्धित सजावटी बोटबिरुवा, कटफ्लावर र ल्यान्डस्केप डिजाइनमा उनले विशेषज्ञता हासिल गरेकी छन् ।  उनी फ्लोरिकल्चर एशोसिएशन नेपालको सल्लाहकार र सार्क चेम्बर महिला उद्यमी परिषद् नेपालकी सदस्य समेत हुन् । उनले नीति निर्माणका लागि धेरै सरकारी समितिमा रहेर काम गरेकी छिन् । उनी महिला उद्यमी महासंघ नेपालका पूर्वमहासचिव समेत हुन् ।

सहज च्यालेन्ज फण्डका लागि आवेदन खुल्यो

सहज भनेर पनि चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम र आइडिया स्टुडियो नेपालको सहकार्यमा ‘सहज च्यालेन्ज फण्ड - दोश्रो चरण ’ का लागि आवेदन खुल्ला  गरिएको छ । विराटनगरमा आयोजित कार्यक्रममा दुग्धजन्य उत्पादनमा नवीनतम सोच भएका स्टार्टअप, साना तथा मझौला उद्यमी र स्थापित संस्थाहरुले यसमा आवेदन दिन सक्ने जानकारी दिइयो । आवेदकहरुले प्रदेश नम्बर १ मा दुग्धजन्य उद्योग क्षेत्रमा पहिचान भएका दुग्धजन्य उत्पादन विविधिकरण संग सम्बन्धित चुनौतिलाई सम्बोधन  गर्ने समाधान प्रस्तुत गर्

तपाईंसँग उद्यमी बन्ने योजना छ ? आइडिया स्टुडियो बन्न सक्छ सारथि

सोचलाई उद्योगसम्म पुर्‍याउने उद्देश्यका साथ सञ्चालित टेलिभिजन कार्यक्रम 'आइडिया स्टुडियो सिजन–५' सुरु भएको छ