कर्णालीमा सत्तारुढ गठबन्धनबीच उत्पन्न समस्यालाई लिएर गठबन्धन दलका नेताहरु छलफलमा जुटेका छन् । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, काँग्रेसका तर्फबाट मुख्यमन्त्री जीवनबहादुर शाही र एकीकृत समाजवादीका तर्फबाट संसदीय दलका नेता एवं कृषि मन्त्री चन्द्रबहादुर शाही छलफलमा जुटेका हुन् ।तीन जनाबीचको छलफल दिउँसो तीन बजेटबाट सुरु भए पनि अहिलेसम्म टुङ्गिसकेको छैन । एकीकृत समाजवादी संसदीय दलका नेता शाहीले अहिले पनि बैठक जारी रहेको रातोपाटीलाई जानकारी दिए । सभामुख