वित्तीय दक्षता प्राप्त कर्मचारीबाट नियमित अनुगमन हुनुपर्नेमा झारा टार्ने कार्य मात्र भयो । विगतमा नेपाल राष्ट्र बैंकबाट भएका सहकारीसम्बन्धी अनुगमन पनि नाम मात्रको हुन गयो । नेपाल राष्ट्र बैंकले पनि सहकारी जस्तो बैंकिङ क्षेत्रमा संकट नहोस् भन्नेतर्फ सजग बन्दै सूक्ष्म रूपमा वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्तको सूक्ष्म अध्ययन र निरीक्षण एव अनुगमनमा थप प्रभावकारिता अपनाउनुपर्छ ।