गिरिको निधन प्रजातान्त्रिक समाजवादी आन्दोलनमा अपूरणीय क्षति : मैनाली

नेकपा मालेका महासचिव सीपी मैनालीले नेपाली काँग्रेसका नेता प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गरेका छन् । मैनालीले गिरिको निधन नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलन तथा राजनीतिक मूल्यमान्यताको पक्षधरताको क्षेत्रमा एउटा अपूरणीय क्षति भएको बताएका हुन् ।एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘देशमा राजनीतिक मूल्य–मान्यता, सादगी, स्वावलम्बन तथा स्वदेशीपनाको खडेरी बढिरहेको अवस्थामा भएको गिरिको असामयिक दुःखद निधनबाट हामी अत्यन्त दुखित छौँ । नेकपा (माले) को नेतृत्व तथा पङ्क्तिबाट र आफ्नो

सम्बन्धित सामग्री

प्रचण्ड, रावल र महतोको स्मरणमा स्वर्गीय नेता प्रदीप गिरि

विभिन्न राजनीतिक पार्टीका नेताहरूले काँग्रेस नेता एवम् प्रतिनिधिसभाका सदस्य प्रदीप गिरिको निधनबाट मुलुकमा अपूरणीय क्षति भएको बताएका छन् ।आइतबार काँग्रेस केन्द्रीय कार्यालयमा राखिएको गिरिको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले नेता भीमबहादुर रावल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोलगायतका नेताहरूले प्रखर समाजवादी चिन्तक समेत रहेका गिरिको निधन मुलुकका लागि ठुलो क्षति भएको बताएका हुन् ।म

प्रदीप गिरिलाई यसरी सम्झिए नेताहरूले

काठमाण्डाै – विभिन्न राजनीतिक पार्टीका नेताहरूले कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनबाट देशमा अपूरणीय क्षति भएको बताएका छन् । आइतवार कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको गिरिकाे पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता भीमबहादुर रावल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोलगायतले प्रखर समाजवादी चिन्तक समेत रहनुभएका गिरिको निधन देशका लागि ठूलो क्षति भएको बताउनुभएको हो ।  माओवादी केन्द्रका अध्यक्ष...