प्रदीप गिरिलाई यसरी सम्झिए नेताहरूले

काठमाण्डाै – विभिन्न राजनीतिक पार्टीका नेताहरूले कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनबाट देशमा अपूरणीय क्षति भएको बताएका छन् । आइतवार कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको गिरिकाे पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता भीमबहादुर रावल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोलगायतले प्रखर समाजवादी चिन्तक समेत रहनुभएका गिरिको निधन देशका लागि ठूलो क्षति भएको बताउनुभएको हो ।  माओवादी केन्द्रका अध्यक्ष...