सल्यान : बागचौर नगरपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ९ सय २१ जना लाभान्वित भएका छन्। ग्रामीण बस्तीका स्थानीयलाई घरदैलोमा नै गएर सेवा दिने उद्देश्यका साथ सञ्चालन गरिएको शिविरमा शल्यक्रियापछि ९२ जनाको गुमेको आँखाको ज्योति फर्किएको छ।तीन दिनसम्म सञ्चालन भएको शिविरमा मोतियाविन्दुको शल्यक्रियापछि ४२ पुरुष र ५० महिला गरी ९२ जनाले नयाँ ज्योति पाएको बागचौर नगरपालिकाका मेयर जनकराज गौतमले जानकारी दिए। उनका अनुसार ५ जनाको मोतियाविन्दुको शल्यक्रियाका लागि राप्ती आँखा अस्पताल रक्षाचौर दाङ सिफारिस