काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा विपक्षी दलका सांसदहरुले घेराउ गरेपछि प्रदेश प्रमुखलाई नै मुख्यमन्त्रीको कार्यालयमा लगेर शपथ गराइएको हो ।
पोखरेल अल्पमतमा परेर पनि सत्ताको दुरुपयोग गर्दै पुनः नियुक्ति लिएको भन्दै बहुमत सदस्य आन्दोलनमा छन् ।