विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक स्वतः निष्काशित हुने : कांग्रेस
नेपाली कांग्रेसले यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे/गराएको भए तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेको...
५ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका उम्मेदवार गगन थापाले उम्मदेवारी फिर्ता लिन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि महामन्त्री थापाले आफ्ना प्रस्तावक र समर्थक नेताहरुलाई धन्यवाद दिएका छन् । उनको प्रस्तावकमा डा. शेखर कोइराला छन् भने समर्थनमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र […]
नेपाली कांग्रेसको इतर पक्षले पार्टी संसदीय दलको नेतामा सिफारिस गरेको गगन थापाको प्रस्तावकमा नेता शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वकप्रकाश शर्मा रहने भएका छन् । मंगलबार अपराह्न सिंहदरबार स्थित होटल बसेरामा बसेको इतर पक्षको बैठकले कोइराला र गुरुङलाई प्रस्तावक र समर्थक बनाउने निर्णय गरेको हो । कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुँदैछ भने त्यसका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ । संसदीय दलमा संस्थापन पक्षबाट भने शेरबहादुर देउवा उम्मेदवार रहेका
निर्वाचनको संघारमा नेपाली कांग्रेस मकवानपुरले १६ जनालाई कारबाही गरेको छ। पार्टीको नीति र उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका तथा समर्थक र प्रस्तावक बसेकाहरुलाई कारबाही गरेको जानकारी दिइएको छ।...
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा निर्वाचन क्षेत्र नं ४ का स्वतन्त्र उम्मेदवार ईच्छाबहादुर वाग्लेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । केन्द्रीय अनुशासन समितिले आज विज्ञप्ति जारी गरेर कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ वर्षका लागि पार्टी सदस्य समेत नरहनेगरी अभिलेखबाट हटाउने निर्णय गरेको हो ।सो निर्णयमा वाग्लेको मनोनयन दर्ताका प्रस्तावक, समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरूको नामावली समेत अभिलेखबाट हटाइएको विज्ञप्त
नेपाली कांग्रेस कैलालीले १० जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति कैलालीले सत्ता गठबन्धनका आधिकारिक उमेदवारविरुद्ध उभिएकाहरुलाई कारबाही गरेको हो ।कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले बागी उम्मेदवारी दिएका ६ जनालाई कारबाही गरिएको बताए । यस्तै ती उम्मेदवारका प्रस्तावक र समर्थकलाई समेत कारबाही गरिएको छ। उनीहरुमाथि ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाही भएको हो ।कारबाहीमा पर्नेमा कैलाली क्षेत्र नम्बर ५ ९२० मा उम्मेदवारी दिएका क्षितिज भण्डारी, कै
लमजुङ – स्थानीय तह निर्वाचनमा लमजुङमा कांग्रेसबाट बागी उम्मेदवार बनेकालाई कारबाही गरिएको छ । कांग्रेस र पाँच दलीय गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने कांग्रेस महाधिवेशन प्रतिनिधि जीवनकुमार श्रेष्ठ र द्वारिकाप्रसाद मिश्र कारबाहीमा परेका हुन् । श्रेष्ठले बेसीशहर नगरपालिकामा उपमेयरमा उम्मेदवारी दिएका थिए । श्रेष्ठ र उनको प्रस्तावक र समर्थकलाई कांग्रेसको संशोधित विधान अनुसार साधारण सदस्य समेत […]
काठमाडौँ,१६ वैशाख । नेपाली कांग्रेसले यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे गराएको भए तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्तिमार्फत त्यस्ता विद्रोही उम्मेदवारलाई निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय आज वैशाख १६ […]
काठमाडौं । स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन नेपाली कांग्रेसले निर्देशन दिएको छ । निर्देशनको अवज्ञा गरी फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने चेतावनी कांग्रेसले दिएको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज शुक्रबार विज्ञप्ति निकाली पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएको भए आज […]