तुलसीपुर १४ मा माओवादी शून्य, कांग्रेसका ७ जना एमालेमा प्रवेश

तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १४ मा नेकपा (माओवादी केन्द्र) शुन्य भएको छ । वडा कमिटिका अध्यक्ष लेखत कुमार पौडेल नेकपा (एमाले)मा प्रवेश गरेसँगै माओवादी केन्द्र शून्य बनेको हो । यसअघि स्थानीय तहको निर्वाचनमा अध्यक्ष बाहेकको कमिटी एमालेमा प्रवेश गरेको वडा कमिटीका अध्यक्ष कृष्ण बहादुर केसीले जानकारी दिए । यस्तै, वडामा कांग्रेसकाबाट ७ जना […]

सम्बन्धित सामग्री

नेकपा एसका जिल्ला सचिवसहित ११ जना एमाले प्रवेश

रुपन्देही । कपिलवस्तुमा नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सचिवसहित ११ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार बाणगंगामा भएको नेकपा एमाले कपिलवस्तुको दोस्रो पूर्ण बैठकमा नेकपा एकीकृत समाजवादी पार्टी जिल्ला सचिव सर्बेन्द्र खनालसहित ७ जना नेकपा एमालेमा प्रवेश गरेको एमाले कपिलवस्तुले जनाएको छ । नेकपा एस जिल्ला सदस्य विनोद भट्टराई, अजय पान्डे, दिल्लीराज पाण्डे, […]

रौतहटका दुई नगर प्रमुखसहित ७ जना जनप्रतिनिधिको पद रिक्त

असार ११, रौतहट । निर्वाचन आयोगले दुई नगर प्रमुख सहित रौतहटका ७ जना जनप्रतिनिधिको पद रिक्त गरेको छ । माओवादी केन्द्रले कारबाही गरेका रौतहटका ६ पालिकाका ७ जना जनप्रतिनिधिको पद निर्वाचन आयोगले रिक्त गरेको हो । निर्वाचन आयोगले एक सूचना जारी गरी १४ जना जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको छ ।  माओवादी केन्द्रको तर्फबाट २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएका तर दल त्याग गरी नेकपा एमालेमा प्रवेश गरेकाले पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।  असार ७ गते बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई दिएपछि आयोगले विज्ञप्ति निकालेर पद रिक्त भएको जानकारी गराएको हो । आयोगका अनुसार रौतहटको मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साह र कटहरीया नगरपालिकाका नगर प्रमुख सियाराम प्रसाद कुशवाह पदमुक्त भएका हुन् ।  मौलापुर नगरपालिकाका उपप्रमुख गौरिशंकरप्रसाद, देवाही गोनाही नगरपालिकका उपप्रमुख परनिया देवी, फतुवाविजयपुर नगरपालिकाका उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिकाका उप प्रमुख सिमल कुमारी साह, यमुनामाई गाउँपालिकाका उपाध्यक्ष श्रीमती गीतादेवी साह पदमुक्त भएका छन् ।  कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना जनप्रतिनिधिलाई पनि आयोगले पदमुक्त गरिदिएको छ ।

माओवादीबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिलाई निर्वाचन आयोगले गर्यो पदमुक्त

काठमाडौं । नेकपा माओवादीबाट गत स्थानीय निर्वाचनमा निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका १४ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले एक सुचना जारी गरि १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।असार ७ गते बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी निर्वाचन आयोगलाई पत्र पठाएको थियो । सोही आधारमा आयोगले पदमुक्त गरिएको जनाएको छ । पद रिक्त भएकाहरुमा रौतहटका ७ जना, कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका १/१ ज