२०७८ कात्तिक मसान्तको तुलनामा २०७९ कात्तिक मसान्तमा संघीय सरकारको कुल खर्च २२.०६ प्रतिशतले वृद्धि भएको छ । यससँगै संघीय सरकारको खर्च रु.३५० अर्ब ९८ करोड पुगेको महालेखा नियन्त्रक कार्यालयलाई उदृत गर्दै राष्ट्र बैंकले जनाएको छ । उक्त खर्चमा चालु खर्चको अंश ८०.१६ प्रतिशत रहेको बताउँदै राष्ट्र बैंकले तलब तथा सामाजिक सुरक्षा खर्चमा वृद्धि र आम निर्वाचनका कारण सरकारी खर्च बढेको जनाएको छ । बैंकले राजस्व परिचालन भने कात्तिक मसान्तमा १९.८१ प्रतिशतले घटेको देखाएको छ । २०७८ कात्तिकसम्ममा रु