वर्ष २०७८ : वर्षभरि उतारचढाव

काठमाडौं । २०७८ साल मुलुकको अर्थतन्त्रका लागि चुनौतीपूर्ण बनेर बिदा भएको छ । वर्षको शुरूदेखि अन्त्यसम्म नै राजनीतिक उतारचढाव कायम रह्यो । यसबाट उपन्न नीतिगत अस्थिरताबाट सबैभन्दा बढी अर्थतन्त्र प्रभावित भयो । यो वर्षमा प्रतिनिधिसभा विघटन गरेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारले अध्यादेशमार्फत जेठ १५ मा चालू आर्थिक वर्ष (आव) २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । संसद्बाट सार्वजनिक हुनुपर्ने बजेट तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सार्वजनिक गरे । पौडेलले सार्वजनिक गरेको बजेट अघिल्लो वर्षको तुलनामा डेढ खर्ब रुपैयाँले बढी थियो । तर, जुन सरकारले बजेट ल्यायो उसले कार्यान्वयन गर्न पाएन ।  तत्कालीन प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले विघटन गरेको संसद् सर्वोच्च अदालतको फैसलाबाट दोस्रोपटक पुनःस्थापना भइ सरकार ढलेपछि उसले बजेट कार्यान्वयन गर्न पाएन । यसअघि पनि प्रधानमन्त्री ओलीकै सिफारिशमा विघटन गरिएको संसद् सर्वोच्चको फैसलाबाट पुनःस्थापित भएको थियो ।  त्यसपछि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), एमालेबाट विभाजित बनेको नेकपा (एकीकृत समाजवादी), जनमोर्चासहितका दलले गठबन्धन सरकार बनाए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २०७८ असार २९ गते प्रधानमन्त्री बन्नुभयो । देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा अर्थमन्त्री बने । सरकार गठन भएको १ महीनाभित्र शर्माले अघिल्लो सरकारको चर्को आलोचना गर्दै श्वेतपत्र सार्वजनिक गरे । नयाँ सरकारले पूर्ववर्ती कामचलाउ सरकारले ल्याएको बजेटमाथि प्रश्न उठाउँदै प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्यायो । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेट लामो समय कार्यान्वयन हुन सकेन । इतिहासमै पहिलोपटक बजेट होलिडेको अवस्था आयो । शर्माले भदौ २६ गते १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको नयाँ बजेट ल्याएपछि संसद्मा छलफल भई कार्यान्वयनको चरणमा गयो । शर्माले उक्त बजेटमा चालू आवमा ७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरे । तर, त्यो पूरा नहुने निश्चित भइसकेको छ । विश्व बैंकले बुधवार सार्वजनिक गरेको प्रतिवेदनमा चालू आवको आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।  चालू आवमा बजेट कार्यान्वयनको अवस्था अझै कमजोर छ । चैत २६ गतेसम्म संघीय सरकारले ७६८ अर्ब २५ करोड रुपैयाँमात्र खर्च गरेको छ । यो कुल विनियोजनको ४७ दशमलव ५ प्रतिशत हो । त्यसमा चालू खर्च ६०५ अर्ब ६३ करोड (कुल विनियोजनको ५६ दशमलव ८५ प्रतिशत) र पूँजीगत खर्च ९७ अर्ब ६६ करोड रुपैयाँ (विनियोजनको २५ दशमलव ८३ प्रतिशत) छ । त्यस्तै, वित्तीय व्यवस्थातर्फ ६४ अर्ब ९७ करोड रुपैयाँ मात्रै खर्च भएको छ । हालसम्म सरकारले कर र गैरकर राजस्व, अनुदान र अन्य प्राप्ति गरी राजस्व परिचालन ७५० अर्ब ३४ करोड रुपैयाँ पुर्‍याएको छ । राजस्व संकलन बजेट लक्ष्यको तुलनामा ६३ दशमलव ५६ प्रतिशत हो । यो वर्षमा ठूलो रस्साकस्सीबीच अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसद्बाट व्याख्यात्मक टिप्पणीसहित पारित भयो । ५५ अर्ब रुपैयाँ बराबरको अमेरिकी अनुदान नेपालमा भित्रने वातावरण बन्नु अर्थतन्त्रका लागि सुखद मानिएको छ ।  वर्षको अन्तिम महीना चैतमा अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । उक्त कदमका लागि सरकारको चर्को आलोचना भइरहेको छ भने अर्थमन्त्री शर्मा विवादित बन्न पुगेका छन् । आयातले दबाबमा अर्थतन्त्र २०७८ मा बाह्य क्षेत्रको चर्को दबाबबाट अर्थतन्त्र गुज्रियो । आयात तीव्र गतिमा बढ्दा व्यापारघाटा त बढ्यो नै, विप्रेषण आप्रवाह र कोरोना महामारीले बाह्य पर्यटक कम आउँदा विदेशी मुद्रा सञ्चितिमा चर्को चाप परेको छ ।  खासगरी विलासी वस्तु आयातमा निरुत्साहन, आयात प्रतिस्थापन, निर्यात वृद्धिजस्ता उपायमार्फत अर्थतन्त्र सन्तुलनमा राख्न सरकारको भूमिका हुने भए पनि ऊ त्यसमा चुकेको देखिएको छ ।  कोरोनाका कारण शिथिल बनेको अर्थतन्त्रमा यो वर्ष रूस–युक्रेन तनावदेखि घट्दो विप्रेषणसमेतको असर पर्‍यो । रूस–युक्रेन तनाव सृजित अन्तरराष्ट्रिय परिस्थितिले महँगी आकाशिएको छ ।  विदेशी मुद्रा सञ्चिति निकै तल पुगेपछि सरकारले अत्यावश्यक बाहेकका वस्तुको आयातमा कडाइ गरेको छ । विलासी वस्तुको भन्सार दर परिवर्तनको तयारीसमेत गरिरहेको छ । पछिल्लो समय प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित केही राजनीतिज्ञ र अर्थविद्ले मुलुकको अर्थतन्त्र श्रीलंकाको जस्तै संकटतर्फ उन्मुख भएको बताउन थालेका छन् । तर, अर्थतन्त्रमा बाह्य दबाब परे पनि ठूलो संकटमा भने नगएको अर्थमन्त्री जनार्दन शर्माको दाबी छ । गत फागुन मसान्तमा ६.७ महीनाको वस्तु तथा सेवा आयात धान्ने विदेशी मुद्रा सञ्चिति छ । अर्थमन्त्री शर्माका अनुसार कुल वैदेशिक ऋण १८ खर्ब रुपैयाँ छ । चालू वर्षमा विदेशी ऋणको साँवाब्याज भुक्तानीका लागि सरकारले ४० अर्ब रुपैयाँ मात्रै खर्च गर्नुपर्ने अवस्था रहेकाले अर्थतन्त्र कुनै पनि कोणबाट श्रीलंकाको जस्तो नहुने अर्थमन्त्री शर्मा जिकीर गर्छन् । उनका अनुसार गतवर्षको तुलनामा विप्रेषण आप्रवाह केही घटे पनि आगामी दिनमा बढ्ने देखिन्छ । अर्थ मन्त्रालयका अनुसार चालू आवको फागुन मसान्तसम्म ६ खर्ब ३१ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको छ । फागुनमा मात्रै ९१ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको भन्दै आगामी दिन सुखद रहने अर्थमन्त्रीको भनाइ छ । पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी आयात बढ्दै गएका बेला सरकारी खर्चमा सुधार नआउँदा अर्थतन्त्र समस्यामा पुग्ने बताउँछन् । उनका अनुसार स्वावलम्बी अर्थतन्त्र नभई परनिर्भर र विप्रेषणमा आधारित अर्थतन्त्र भएकाले यो वर्ष अर्थतन्त्रमा बढी उतारचढाव देखिएको हो । यसमा सुधार ल्याउन सरकारले दीर्घकालीन योजना बनाएर लागू गर्नुपर्ने उनको सुझाव छ ।

सम्बन्धित सामग्री

शेयर बजारमा इतिहास कायम भएको वर्ष २०७८

काठमाडौँ- बाइस अर्ब बराबरको कारोबार, नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, हितग्राही खाता खोल्नेको सङ्ख्यामा बहार, नेपालको शेयर बजारमा वर्ष २०७८ ले स्थापित गरेको मानक हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म ५१ लाख २१ हजार ८६१ वटा हितग्राही खाता खुलेका छन् । यस्तै, ४२ लाख ३५ हजार ३९३ वटा मेरो शेयरको एकाउण्ट खोलिएको छ […]

वर्ष २०७८ : यी सेलिब्रेटी जसले कसे लगनगाँठो

वर्ष २०७८ मा सेलिब्रेटीका काम, प्रेमसम्बन्ध, विवाद र विवाह चर्चाको बिषय नै बनिरह्यो । गायक, गायिका, अभिनेत्रीदेखि हास्य कलाकारसम्मले यो बर्ष लगनगाँठो कस्न सफल भए । कोरोना कहरले सबैजसोको विवाहमा खासै तामझाम भने भएन । कतिपयको भने विवाहको हल्ला मात्र चल्यो । यी हुन् यो बर्ष विवाह र इन्गेजमेन्ट गर्ने सेलिब्रेटी ।मनोज गजुरेल (हास्य कलाकार)  चर्चित हास्यकलाकार मनोज गजुरेलले गत असोजमा वैवाहिक जीवनमा बाँधिए । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स

खेलकुद विवादको वर्ष २०७८

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा भएको मलेसिया, नेदरल्यान्ड्स र नेपालबीचको ट्वान्टी–२० अन्तर्राष्ट्रिय त्रिदेशीय शृंखलाको उपाधि जित्दै सुरु भएको वर्ष २०७८ को यात्रा किर्गिस्थातानमा भएको एएफसी फुटसल एसियन कपमा नेपालले कुल ३ गोल गर्दा २४ गोल खाँदै लज्...

तस्बिरमा हेर्नुहोस् वर्ष २०७८ को अन्तिम दिनको सूर्यास्त

वर्ष २०७८ साल सकिएर नेपालीहरु नयाँ वर्षको प्रतिक्षामा छन् । नयाँ वर्ष यस्तो समय हो, जुन दिन विगतको वर्षको समीक्षा र आउँदो वर्षको योजना र प्रतिज्ञा गरिन्छ । बुधबार वर्ष २०७८ को अन्तिम दिन हो र बिहीबारदेखि नयाँ वर्ष २०७९ साल सुरु हुँदैछ ।  वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइन्छ । वर्षको पहिलो दिन धेरै मानिस मठमन्दिरमा गई पूजा आराधना गर्ने गर्छन् ।  सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् म

वर्ष २०७८ भर चर्चामा रहेका ८ खेलाडी

३० चैत, काठमाडौं । कोरोना महामारीका कारण वर्ष–२०७८ को सुरुवाती ६ महिना खेलकुद गतिविधि प्रायः ठप्प थिए । झण्डै दुई वर्षपछि खेलकुद चलायमान बन्दा वर्षको अन्त्यतिर सबै खेलका खेलाडीहरु घरेलु प्रतियोगितामा व्यस्त रहे । नेपाली खेलकुद वर्ष २०७८ लाई सम्झनलायक बनाउन खेलाडीले पाएको समयको भरपूर उपयोग गरे । केही खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रको नाम उँचो […]

यी हुन् आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका चार प्राथमिकता

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि आज प्रस्तुत गरेको बजेटमा मुख्य चारवटा उद्देश्य तथा प्राथमिकता निर्धारण गरेको छ। प्राथमिकता क्षेत्रमा कोरोना महामारीमा नागरिकको जीवनरक्षा, आर्थिक गतिविधि एवं विकास निर्माणलाई तीव्रता, राज्यको लोककल्याणकारी भूमिकालाई सुदृढ तथा सामाजिक सुरक्षा एवं संरक्षण प्रदान गर्ने र सार्वजनिक, निजी, सहकारी क्षेत्रमा उपलब्ध स्रोत र साधनलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने रहेका छन्।

यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठ)

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको […]

नयाँ वर्ष २०७८ को पहिलो दिन, काठमाडौंबाट यस्तो देखियो सूर्योदय (फोटोफिचर)

काठमाडौं, १ बैशाख । आज नयाँ वर्ष २०७८ । उच्च पदस्थ व्यक्तिहरु, विभिन्न दलका नेताहरु, सांसदहरु, उद्योगी तथा व्यवसायीहरुले शुभकामना सन्देश जारी गरेका छन् । नयाँ वर्षको दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गरेका थिए । आज विहान ८ बजे सिंहदरबारबाट देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले पछिल्लो समय सरकारले उल्लेख्य काम गरेको […]

नयाँ वर्ष २०७८ मा टिभिएसको यस्तो अफर

काठमाडौं । नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै टिभिएस वा, वाह्, वाह् ग्राहक योजना अघि ल्याएको छ । चैत्र ८ गतेबाट उत्साहजनक अफरहरुको साथमा शुरु भएको यस योजना वैशाख ३१ गतेसम्म चल्नेछ ।यस योजनाअन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल वा स्कुटरकोे खरिदमा रू १०,००० सम्म पक्का डिस्काउन्टको व्यवस्था साथै शून्य प्रतिशत ब्याजदर भएको ‘वा’अफर रहेको छ । साथै योजनालाई ‘वा’ बाट ‘वाह्’ बनाउन योजनाको समय अवधीमा