काठमाण्डाै – प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका क्रममा विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषित एक सय ६६ सामग्री आचारसंहिता प्रतिकूल रहेको जनाएको छ ।
गएकाे असोज २८ गतेदेखि भएको विशेष अनुगमनका क्रममा छापामाध्यमका ४५, टेलिभिजनका आठ, रेडियोका २६ सामग्री र अनलाइनका ७८ वटा समाचार सामग्री आचारसंहिता विपरीत पाइएको काउन्सिलले जनाएको छ । सात वटा वेब पोर्टल, एक समाचार संस्था र एक सञ्चारमाध्यमको सामाजिक सञ्जालमा आचारसंहिता प्रतिकूल समाचार तथा समाचार–सामग्री सम्प्रेषण गरेको पाइएको छ ।
याे&nbs...