काठमाण्डाै - प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चारजगतलाई आग्रह गरेको छ । आज प्रेस काउन्सिल नेपालले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चार क्षेत्रलाई आग्रह गरेको हो ।प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय एक अभिनेता र एक गायिकाका विषयमा विभिन्न सञ्चारमाध्यम एवम् सामाजिक सञ्जाल (युट्युब) बाट सम्प्रेषण भएका सामग्रीहरूप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकषर्ण भएको बताउनु भयो ।उहाँले आचार स...