मध्यपहाडी क्षेत्रदेखि माथि हिमालसम्म पाइने हिमाली गिद्ध कैलालीका सामुदायिक वनमा देखा परेका छन् ।
भजनी नगरपालिका–२ रजवारास्थित राधाकृष्ण सामुदायिक वनमा २४ वटा हिमाली गिद्ध देखा परेका हुन । ती गिद्धहरु एक महिनादेखि सो सामुदायिक वनमा बसिरहेको जनाइएको छ ।
पहाडी क्षेत्रमा पाइने हिमाली गिद्ध जाडो मौसममा हरेक वर्ष तराई झर्ने गरेका पक्षीविद् हिरुलाल डङ्गौराले बताउनुभयो । ‘आहाराको खोजीमा उनीहरु हरेक वर्ष यहाँसम्म आइपुग्ने गर्छन्’, उहाँले भन्नुभयो ।