निषेधाज्ञाअघि ८१ प्रतिशत उद्योग पूर्ण सञ्चालनमा

कोभिड–१९ को दोस्रो लहरको संक्रमणबाट बच्न सरकारले गरेको निषेधाज्ञा सुरु हुनुअघि मुलुकमा रहेका ८१.२ प्रतिशत उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा रहेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । बुधबार सार्वजनिक कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी दोस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।

सम्बन्धित सामग्री

कृषि औजार कारखाना पूर्ण सञ्चालनमा ल्याउन सांसद यादवको माग

जनता समाजवादी पार्टी (जसपा) प्रमुख सचेतक प्रदीप यादवले वीरगंजको कृषि औजार कारखाना पूर्ण सञ्चालनमा ल्याउन माग गरेका छन्। बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद यादवले महावीर पुनले मेडल बेचेर चलाउन खोज्दा सरकारले...

तातोपानी नाका अझै पूर्ण सञ्चालनमा नआउने

नेपाल–चीन व्यापारिक कारोवार हुने उत्तरको मुख्य तातोपानी नाका सोमबारबाट दुईतर्फी सञ्चालनमा आउँदै छ। यद्यपी आठ वर्षदेखि बन्द रहेको मानवीय आवागमन भने अझै खुल्ने छैन।...

अवरुद्ध दशरथचन्द राजमार्ग पूर्ण सञ्चालनमा

राजमार्ग अन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो।...

अन्नपूर्ण केबलकार पूर्ण सञ्चालनमा आउने

पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी सञ्चालनमा आएको अन्नपूर्ण केबलकार आज १ चैत मंगलबारदेखि पूर्ण रूपमा सचालन हुने भएको छ । ६ फागुनमा सफ्ट ओपनिङ गरी सञ्चालनमा आएको केबलकार मर्मतका...

८७ प्रतिशत उद्योग व्यवसाय पूर्ण सञ्चालनमा

कोरोना महामारी सुरु हुनुअघिको तुलनामा २०७७ असारमा २८.८ प्रतिशत रहेको उत्पादन र कारोबार स्थिति ७४.७ प्रतिशत पुगेको समेत सोही अध्ययनले देखाएको छ। त्यस्तै, रोजगारीको अवस्थामा पनि सुधार आएर ९७.२ प्रतिशत पुगेको छ। यो पहिला ७७.५ प्रतिशत थियो।...

पूर्ण सञ्चालनमा आयो भरतपुर सबस्टेसन

काठमाडौं, कात्तिक २३ । चितवनको भरतपुर महानगरपालिकास्थित बसेनीमा रहेको १३२/११ केभी भरतपुर सबस्टेसनका दुईवटै पावर ट्रान्सफर्मर सञ्चालनमा आएका छन् । ट्रान्सफर्मरहरू पूर्ण रुपमा सञ्चालनमा आएपछि भरतपुर क्षेत्रमा रहेका उद्योगहरूलाई पनि आइतबार साँझबाट विद्युत् आपूर्ति गरिएको छ । सबस्टेसनमा रहेका दुई ट्रान्सफर्मरमध्ये एउटा १३ गते र अर्को १६ गते कात्तिकमा बिग्रिएपछि चितवनका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति […]

करीब दुई तिहाइ औषधि उद्योग मात्र पूर्ण सञ्चालनमा

काठमाडौं, असार २० । मुलुकमा दर्ता भएका करीब दुई तिहाइ मानव औषधि उद्योग मात्र पूर्ण सञ्चालनमा रहेको पाइएको छ । उद्योग विभागले शनिवार सार्वजनिक गरेको ‘नेपालमा आत्मनिर्भर हुन सक्ने मानव औषधि उत्पादन उद्योगहरूको विस्तृत अध्ययन प्रतिवेदन–२०७७’ यस्तो देखाएको हो । उक्त प्रतिवेदन अनुसार नेपालको औषधि व्यवस्था विभागमा चालू आर्थिक वर्षको वैशाख १२ गतेसम्ममा १०३ औषधि […]

करीब दुई तिहाइ औषधि उद्योग मात्र पूर्ण सञ्चालनमा

काठमाडौं । मुलुकमा दर्ता भएका करीब दुई तिहाइ मानव औषधि उद्योग मात्र पूर्ण सञ्चालनमा रहेको पाइएको छ । उद्योग विभागले शनिवार सार्वजनिक गरेको ‘नेपालमा आत्मनिर्भर हुन सक्ने मानव औषधि उत्पादन उद्योगहरूको विस्तृत अध्ययन प्रतिवेदन–२०७७’ यस्तो देखाएको हो । उक्त प्रतिवेदन अनुसार नेपालको औषधि व्यवस्था विभागमा चालू आर्थिक वर्षको वैशाख १२ गतेसम्ममा १०३ औषधि उद्योग दर्ता छन्, जसमध्ये ६६ ओटा उद्योग मात्र पूर्ण सञ्चालनमा रहेका हुन् । यी उद्योगले उत्पादन र विक्री दुवैका लागि लाइसेन्स पाएको विभागले जानकारी दिएको छ । यस्तै ३३ उद्योग उत्पादन उद्देश्यका लागि लाइसेन्स प्राप्त गर्ने प्रक्रियामा छन् भने दुवै लाइसेन्स पाएका चार उद्योग प्राविधिक कारणले सञ्चालनमा नरहेको प्रतिवेदनमा उल्लेख छ । प्रदेश अनुसार ६६ उद्योगमध्ये ४ (६.०६ प्रतिशत) उद्योग प्रदेश १ मा, १४ (२१.२१ प्रतिशत) प्रदेश २ मा, बागमती प्रदेशमा ३७ (५६.०६ प्रतिशत), गण्डकी प्रदेशमा २ (३.०३ प्रतिशत) र लुम्बिनी प्रदेशमा ९ (१३.६३ प्रतिशत) रहेका छन् । अन्य प्रदेशहरूमा कुनै औषधि उद्योगहरू दर्ता नभएको अध्ययन प्रतिवेदनले देखाएको छ । छनौटमा परेका सबै उद्योगहरू निजी र प्रायः ठूला (९० प्रतिशत) रहेको उल्लेख छ, जसको कुल पूँजी २५ करोडभन्दा बढी छ । केही मध्यम स्तरका उद्योगहरू (१० प्रतिशत)ले पनि लगानी बढाउन योजना बनाइएको बताइएको छ । सञ्चालनमा रहेका सबैजसो उद्योगहरूले ट्याब्लेट, क्याप्सुल, तरल (सिरप÷सस्पेन्शन), पाउडर (सुक्खा सिरप), मल्हम/क्रीम र आँखा/कान ड्रपको रूपमा औषधि उत्पादन गरिरहेको पाइएको छ । ६६ मध्ये ६० उद्योगबाट ट्याब्लेटको वार्षिक उत्पादन क्षमता २ अर्ब र क्याप्सुलको उत्पादन क्षमता पौने २ अर्ब युनिट रहेको छ । त्यस्तै ४५ उद्योगबाट झोल औषधि उत्पादन क्षमता साढे ४ अर्ब, ४० उद्योगबाट मल्हमको उत्पादन क्षमता १५ करोड, २० उद्योगबाट पाउडर (सुक्खा सिरप) ३ करोड र पाँच उद्योगबाट नाक÷कानको ड्रप उत्पादन क्षमता ३७ लाख युनिट रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार नेपाली औषधि उद्योगहरूको क्षमता उपयोग ट्याब्लेट निर्माणका लागि ५५ प्रतिशत, क्याप्सुल ४५ प्रतिशत, झोल ३५ प्रतिशत, मल्हम ५० प्रतिशत, पाउडर ४० प्रतिशत र अन्य (नाक÷कानको ड्रप ३० प्रतिशत रहेको छ ।

चीनले समझदारी कार्यान्वयन नगर्दा तातोपानी नाका पूर्ण सञ्चालनमा आएन

नेपाल–चीनका सरकारी अधिकारी र व्यापारिक संस्थाहरूबीच भएको समझदारी कार्यान्वयन नहुँदा तातोपानी नाका पूर्ण सञ्चालनमा आउन सकेको छैन । नेपाल–चीनका विभिन्न व्यापारिक संघसंस्था र दुवैतर्फका सरकारी अधिकारीले दैनिक २० टेलर सामग्री लार्चा...

वीरगञ्जसहित नेपाल भारत सीमानाका पूर्ण सञ्चालनमा

कृष्णउदास खनाल, वीरगन्ज । कोरोनाका संक्रमणसँगै गत वर्षदेखि बन्द भएका वीरगन्जसहितका भारतसँगका नाका बिहीबारदेखि खुला भएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय केन्द्रीय कोभिड– १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले यस्तो निर्णय गरेको हो। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सीसीएमसीको बैठकले नेपाल र भारतबीच यातायात सञ्चालन गर्नका लागि सिफारिस गर्ने निर्णय छ।यसअघि माघ […]