काठमाडौँ- पूर्व गृहसचिव श्रीकान्त रेग्मीको ७१ वर्षको उमेरमा बिहीबार निधन भएको छ। उनले गृह सचिव रहेका बेला वरियता मिचेर मुख्य सचिव नियुक्त गरिएको भन्दै राजिनामा दिएका थिए। शाखा अधिकृतबाट २०३४ सालमा सरकारी सेवामा प्रवेश गरेका रेग्मीले २०५९ सालमा राजिनामा दिएका थिए। उनले लामो समय गृह प्रशासनमा बिताए।