राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन अन्तर्गत शनिबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । मतदानअघि शुक्रबार अध्यक्षका प्रत्यासी कमल थापा र राजेन्द्र लिङ्देनले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । प्यानलमा थापा र लिङ्देन पक्ष दुबैले विक्रम पाण्डेको नाम समावेश गरेको छ । यसैबीच शुक्रबार साँझको चुनावी र्यालीमा पाण्डे राजेन्द्र लिङ्देन–धवल शमशेर राणासँगै देखिएका छन् । उनी राजेन्द्र–धवलको पक्षमा चुनावी प्रचारप्रसारमा खटिएका हुन् । लिङदेनको प्यानलमा